close

पठाओको वार्षिकोत्सव अफर, सित्तैमा ट्याक्सी चढ्न पाइने

टेकपाना टेकपाना

साउन १६, २०७९ १२:३७

पठाओको वार्षिकोत्सव अफर, सित्तैमा ट्याक्सी चढ्न पाइने

काठमाडौं । पठाओ कार लाइट (ट्याक्सी) सेवा तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पठाओ नेपालले नयाँ योजना ल्याएको छ । यसअन्तर्गत सित्तैमा ट्याक्सी बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

साउन २४ गते ३ बजेदेखि ३ मिनेटसम्म पठाओ एप प्रयोग गरी बुकिङ गरिएका सबै ट्याक्सी राइड निःशुल्क हुने कम्पनीका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए ।

कम्पनीका अनुसार याे याेजनामा सहभागी सेवाग्राहीले कुनै शुल्क तिर्नुपर्दैन । सो रकम पठाओ नेपालले ट्याक्सी चालकलाई भुक्तानी गर्नेछ ।

साथै आज साउन १६ देखि साउन २४ सम्म ‘तीनछक्क पर्ने योजना’ अन्तर्गत तीनजना क्याप्टेन (ट्याक्सी चालक) ले राइडको समयमा तीनजना प्रसिद्ध सेलिब्रेटीको हातबाट आकर्षक धनराशिका साथै उपहारहरू पाउने कम्पनीले जनाएको छ ।

पठाओका अनुसार सन् २०१९ अगस्ट ९ मा सुरू भएको ‘कार लाइट’मा हाल करिब नौ हजार ट्याक्सी आवद्ध रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३