close

ढाड शितल बनाउने साओमीको ब्याग

टेकपाना टेकपाना

साउन १६, २०७९ १२:२०

ढाड शितल बनाउने साओमीको ब्याग

काठमाडौं । साओमीले बजारमा नयाँ ब्याग सार्वजनिक गरेको छ । हेर्दा सामान्य ब्यागजस्तै देखिने याे ब्यागमा बिल्ट-इन- कुलिङ सिस्टम जडान गरिएको छ । अर्थात् यो ब्याग बोक्दा प्रयोगकर्ताको ढाडमा गर्मी महसुस हुनेछैन ।

यसले प्रयोगकर्ताको ढाडमा शितल प्रदान गरिरहन मद्दत गर्छ । यो ब्यागमा इकोनोमोकिल इलेक्ट्रिक मोटर प्रयोग गरेर फ्यान जडान गरिएको छ, जसले ब्याग बोक्ने मानिसको ढाँडमा हावा फ्यालिरहन्छ ।

यति मात्र होइन, यो ब्यागको पछाडिपट्टि ल्यापटप राखेर काम गर्न पनि सकिन्छ । किनभने यसले डिभाइसहरूलाई पनि ‘कुल’ बनाइरहन मद्दत गर्छ ।

‘कोरिन जिरो’ नामक यो ब्याग वाटरप्रुफ सामग्रीहरूबाट तयार गरिएको कम्पनीले जनाएकाे छ । यसमा डिभाइसहरू चार्ज गर्नको लागि पोर्ट पनि उपलब्ध गराइएको छ ।

कम्पनीले यो ब्यागको मूल्य ४९९ यूआन (करिब ९,५०० रुपैयाँ) तोकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३