टेकपाना
साउन १६, २०७९ १३:३५
काठमाडौं । नेपाली बजारमा साओमी १२ र साओमी १२ एक्सको मूल्य घटेको छ ।
कम्पनीले ८ जीबी र्याम र २५६ जीबी इन्टर्नल स्टोरेज भएको साओमी १२ को मूल्य पाँच हजार रूपैयाँले घटाएको हो ।
अब ग्राहकले यो मोडलको स्मार्टफोन ८७ हजार ९९९ रूपैयाँ किन्न सक्नेछन् ।
त्यस्तै अर्को मोडल साओमी १२एक्सको मूल्य पनि पाँच हजार रूपैयाँले घटाइएको छ ।
८ जीबी र्याम र २५६ जीबी इन्टर्नल स्टोरेज रहेकाे यो फोन अब ७१ हजार ९९९ रूपैयाँमा किन्न सकिने कम्पनीले जनाएकाे छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३