काठमाडौं । रियलमीले सस्तो फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यही अंग्रेजी वर्षभित्रै नेपाली २४ हजार रूपैयाँ हारहारी पर्ने फाइभजी स्मार्टफोन ल्याउने तयारी गरेकाे हाे ।
रियलमी १० सिरिज अन्तर्गत कम्पनीले चार नयाँ फाइभजी स्मार्टफोन ल्याउने छ । याे सिरिजकाे एउटा माेडल २४ हजार रूपैयाँभन्दा कम हुने चर्चा छ ।
प्रयोगकर्ताको सहुलियतलाई मध्यनजर गर्दै सस्तो फाइभजी स्मार्टफोनमा काम गरिरहेकाे कम्पनीले जनाएको छ ।
यी फोन अक्टोबर महिनाभित्र नै सार्वजनिक हुने अनुमान गरिएको छ ।