close

सामाजिक सञ्जालमा किन उठ्दैछ आमिर खानको नयाँ फिल्म लाल सिंह चड्डा बहिष्कारको माग ?

टेकपाना टेकपाना

साउन १८, २०७९ १६:१५

सामाजिक सञ्जालमा किन उठ्दैछ आमिर खानको नयाँ फिल्म लाल सिंह चड्डा बहिष्कारको माग ?

काठमाडौं । आमिर खानको बहुप्रतिक्षित फिल्म ‘लाल सिंह चड्डा’ यही अगस्ट ११ देखि सिनेमाघरहरूमा प्रदर्शनमा आउँदैछ । तर फिल्म रिलिज हुनुभन्दा केही दिन अघि देखि नै सामाजिक सञ्जालमा फिल्म बाइकट अर्थात बहिष्कार गर्ने माग उठिरहेको छ ।

जसका कारण लाल सिंह चड्डाका निर्माता आमिर खान चिन्तित छन् । अभिनेताले हालै मात्र सबैसँग आफ्नो फिल्म बहिष्कार नगरिदिन अनुरोध गरेका थिए । साथै सबैका सामु आफ्नो भनाई समेत राख्ने प्रयास गरेका थिए ।

यी सबै प्रयासका बावजुद ट्वीटरमा ‘बाइकट लाल सिंह चड्डा’को ट्रेन्ड रोकिएन । आमिर खानको सन् २०१४ मा आएको फिल्म ‘पीके’का सिन शेयर गर्दै फिल्ममा कथित तवरमा हिन्दु देवताको अपमान गरेको भन्दै आमिर खानमाथि निशाना साध्न थालिएको छ ।

केही ट्वीटर प्रयोगकर्ताले ‘भारतमा असहिष्णुता बढ्दै गएको’ खानको  बयानलाई विवादमा ल्याइएको छ । त्यसै आधारमा लाल सिंह चड्डा फिल्म बहिष्कारको माग उठ्न थालेको हो ।

हालै सञ्चार माध्यमहरूले सामाजिक सञ्जालमा चलिरहेको ‘बाइकट लाल सिंह चड्डा’ ट्रेन्डको बारेमा अभिनेता आमिर खानलाई सोधिएको थियो । त्यसको जवाफमा उनले भनेका थिए, “बलिउड बहिष्कार गर, आमिर खानलाई बहिष्कार गर, लाल सिंह चड्डालाई बहिष्कार गर ।”

“मलाई पनि दुःख लाग्छ किन कि म त्यस्ता व्यक्तिहरूको सूचीमा सामेल छु, जसले भारतलाई मन पराउँदैनन् । यो बिल्कुल असत्य कुरा हो । म वास्तवमा देशलाई माया गर्छु । म यस्तै छु । यदि कसैलाई यस्तो लाग्छ भने त्यो दुर्भाग्यपूर्ण हो । म सबैलाई यसो होइन भन्ने कुरामा आश्वस्त पार्न चाहन्छु । कृपया मेरो फिल्म बहिष्कार नगर्नुहोला । कृपया मेरो फिल्म हेरिदिनु होला ।”

वास्तवमा सन् २०१५ मा आमिर खानले एक कथित टिप्पणीका कारण चर्चामा आएका थिए । उनले  भनेका थिए, “हाम्रो देश निकै सहिष्णु छ, तर केही यस्ता मानिसहरू पनि छन्, जसले घृणा फैलाइरहेका छन् ।”

यसका साथै आमिर खानकी पूर्व पत्नी तथा फिल्म निर्माता किरण रावले भनेकी थिइन् कि उनी आफ्नो बच्चाको सुरक्षाका लागि देश छोड्ने विचार गरिरहेकी छिन् । भारतका कट्टर हिन्दुवादीहरूले आमिर खान तथा उनको परिवारको यो सन्दर्भलाई हिन्दू तथा भारत विरोधी बताइरहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३