काठमाडौं । सामसङले आउँदो अगस्ट १० (साउन २७) मा ग्यालेक्सी अनप्याक्ड इभेन्ट गर्दै छ । यसअन्तर्गत कम्पनीले विभिन्न ग्यालेक्सी उपकण सार्वजनिक गर्नेछ । त्यसमध्ये ‘ग्यालेक्सी वाच फाइभ’ एक हो ।
हालै यो उत्पादनका केही विशेषता बाहिरिएको छ । खबरअनुसार कम्पनीले ल्याउने नयाँ स्मार्टवाच ३० मिनेटमै ४५ प्रतिशत चार्ज हुनेछ ।
यसअघिका ग्यालेक्सी वाचमा ५ वाटको चार्जिङ सिस्टम उपलब्ध गराउँदै आएको कम्पनीले नयाँ वाचमा १० वाटको चार्जिङ सिस्टम उपलब्ध गराउने छ । यसअन्तर्गत ४५ प्रतिशत चार्ज हुन ३० मिनेट र फुल चार्ज हुन एक घण्टाभन्दा केही बढी समय लाग्ने बताइएको छ ।
यसअघि बजारमा सार्वजनिक भएको ग्यालेक्सी वाचको चार्जिङ सिस्टमलाई लिएर धेरैले प्रश्न गरेका थिए ।
यस्तोमा कम्पनीले टाइप-सी चार्जरका साथ १० वाटको चार्जिङ सिस्टम उपलब्ध गराउने तयारी गरेको हो ।
साथै कम्पनीले ब्याट्रीको क्षमता पनि बढाउने भएको छ । ग्यालेक्सी वाच फोरमा ३६१ एमएएच क्षमताको ब्याट्री रहेकोमा अब आउने वाचमा ५७२ एमएएच क्षमताको ब्याट्री रहने चर्चा छ ।