close

तपाईंको आईफोन जुनसुकै बेला ह्याक हुनसक्ने, तुरुन्त अपेडट गर्न एप्पलको आग्रह

टेकपाना टेकपाना

भदौ ४, २०७९ १७:५५

तपाईंको आईफोन जुनसुकै बेला ह्याक हुनसक्ने, तुरुन्त अपेडट गर्न एप्पलको आग्रह

काठमाडौं । आईफोनसहित आफ्ना विभिन्न उत्पादनमा गम्भीर सुरक्षा कमजोरीहरू फेला परेको एप्पलले खुलासा गरेको छ ।

यी सुरक्षा कमजोरीका कारण ह्याकरले प्रयोगकर्ताको उपकरणलाई पूर्णरुपमा नियन्त्रणमा लिनसक्ने चेतावनी दिँदै कम्पनीले प्रयोगकर्तालाई सचेत रहन आग्रह गरेको छ ।

एप्पलले कम्पनीको सुरक्षा रिपोर्ट जारी गर्दै ह्याकरले डिभाइसमा पूर्ण नियन्त्रण गर्नसक्ने र डिभाइसमा प्रयोगकर्ताको नाममा कुनै पनि सफ्टवेयर चलाउन अनुमति दिने उल्लेख गरेको छ ।

योसँगै कम्पनीले डिभाइसलाई नयाँ अपडेट दिइसकेको छ र प्रयोगकर्तालाई आफ्ना डिभाइस अपडेट गर्न आग्रह गरेको छ ।

आईफोन सिक्स एसभन्दा पछिका मोडलहरू, आईप्याडको पाँचौं जेनेरेसनभन्दा माथिका मोडल, आईप्याड प्रोका मोडलहरू, आईप्याड एयर टु र म्याकओएस मनिटरी चलिरहेको म्याक कम्प्युटरहरूमा पनि यो समस्या देखिएको छ ।

साथै केही आईपडमा पनि यस्ताे समस्या देखिएको रिपाेर्टमा उल्लेख छ ।

याे सुरक्षा रिपोर्टमा कसरी, कहाँ वा कसले कमजोरी पत्ता लगाएको भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४