close

१,०५० रूपैयाँमा वर्ल्डलिङ्कको मेस राउटरसहित २०० एमबीपीएस इन्टरनेट र नेटटिभी

टेकपाना टेकपाना

भदौ २४, २०७९ १४:३६

१,०५० रूपैयाँमा वर्ल्डलिङ्कको मेस राउटरसहित २०० एमबीपीएस इन्टरनेट र नेटटिभी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले नजिँकिदै गरेको चाड दशैंको अवसरमा ‘वर्ल्डलिङ्क fesTVty’ अफर ल्याएको छ ।

यो अफर अन्तर्गत ग्राहकले आफ्नो सब्सक्रिप्सनमा तीन फरक-फरक आकर्षक डिल प्राप्त गर्न सक्नेछन् ।

यसमध्ये पहिलो प्याकेज ‘फास्ट अफर’ अन्तर्गत १,०५० रुपैयाँ प्रतिमहिना (वार्षिक सदस्यता) मा ग्राहकले डुअल ब्यान्ड राउटर र २०० एमबीपीएस इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै ‘टु राउटर’ प्याकेज अन्तर्गत १,०५० रुपैयाँ प्रतिमहिना (वार्षिक सदस्यता) मा ग्राहकले नोकिया बेकन १.१ मेस राउटर, डुअल ब्यान्ड राउटर र उच्च गतिको इन्टरेटका साथै उच्च कनेक्सन सहितको २०० एमबीपीएस इन्टरनेट प्राप्त गर्न सक्नेछन् ।

सबै प्याकेज एकै ठाउँमा प्राप्त गर्नको लागि भने ‘स्मार्ट अफर’ खरिद गर्न सकिन्छ ।

यसअन्तर्गत १,०५० रुपैयाँ प्रतिमहिना (वार्षिक सदस्यता) नोकिया बेकन १.१ मेश राउटर, २०० एमबीपीएसको इन्टरनेट सेवा र साथमा सेटटप बक्सको साथमा मासिक नेटटिभी १५० रुपैयाँमा प्राप्त गर्नेछन् ।

अफरमा उपलब्ध नोकिया बेकन मेस १.१ राउटरको लागि भने छुट्टै १५०० रुपैयाँ (डिपाेजिट) जम्मा गर्नुपर्ने हुन्छ ।

यो अफर एक वर्ष, छ महिना वा तीन महिनाको प्याकेजहरुमा उपलब्ध छन् । उपलब्ध हुने सबै स्पिडहरुमा, सम्पूर्ण ग्राहकका लागि (नयाँ तथा हालका) लागू हुने कम्पनीले जनाएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३