close

आईफोनमा ४८ मेगापिक्सेलको क्यामेरा, सामसङ भन्छ- हामीले उहिल्यै १०८ एमपीको क्यामेरा दियौं

टेकपाना टेकपाना

भदौ २७, २०७९ ८:४३

आईफोनमा ४८ मेगापिक्सेलको क्यामेरा, सामसङ भन्छ- हामीले उहिल्यै १०८ एमपीको क्यामेरा दियौं

काठमाडौं । हालै एप्पलले १४ सिरिज सार्वजनिक गरेको छ । सार्वजनिक हुने बित्तिकै फोनका केही फिचरलाई लिएर बजारमा आलोचना हुन थालेकाे छ ।

आईफोन १४ मा भएका धेरैजसो फिचरहरू पहिल्यै एन्ड्रोइड फोनहरूमा आइसकेकाे चर्चा बढ हुने गरेकाे छ । यसैबीच आईफोनको चर्चित प्रतिस्पर्धी सामसङ पनि आईफोनलाई व्यङ्ग्य गर्न पछि परेको छैन ।

आईफोन सार्वजनिक भए लगत्तै सामसङले केही विज्ञापनहरू सार्वजनिक गरेको छ, जसमा एप्पलको नाम नै तोकेर गिज्याइएको छ ।

सामसङले एउटा क्यामेराको विज्ञापन सार्वजनिक गर्दै आईफोन १४ मा उपलब्ध ४८ मेगापिक्सेल क्यामेरालाई उल्लेख गरेर लेखेको छ ‘हामीले त विगत साढे दुई वर्षदेखि १०८ मेगापिक्सेलको क्यामेरा उपलब्ध गराइरहेका छौं ।’

सामसङले आफूले विगत केही वर्षदेखि उपलब्ध गराइरहेको फिचरलाई अंकित गर्दै एप्पलले भने सोही फिचर ढिला उपलब्ध गराएको भन्दै श्रङ्खलाबद्ध रुपमा ट्वीट गरेको छ ।

योसँगै कम्पनीले आफूहरूले फोल्डेबल फोन सार्वजनिक गरिसकेको भन्दै एप्पललाई उल्लेख गरेर नयाँ उत्पादन भनेको कस्तो हुनुपर्छ भन्दै व्यङ्ग्यसहितकाे पोस्ट गरेको छ ।

यसअघि पनि सामसङले आईफोन इनोभेसनमा पछाडि परेको भन्दै व्यङ्ग्यात्मक भिडिओ विज्ञापनहरू सार्वजनिक गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३