close

क्लासिक टेकको चाडबाड अफर, ७४१ रुपैयाँमै १०० एमबीपीएस गतिको इन्टरनेट 

टेकपाना टेकपाना

भदौ ३०, २०७९ १५:२१

क्लासिक टेकको चाडबाड अफर, ७४१ रुपैयाँमै १०० एमबीपीएस गतिको इन्टरनेट 

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले बडा दशैँको अवसरमा चाडबाड अफर ल्याएको छ । कम्पनीले निम्न वर्गका प्रयोगकर्तालाई लक्षित गर्दै मासिक ७४१ रुपैयाँमै १०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज ल्याएको हो ।

यो प्याकेजमा आईपीटिभीका लागि मासिक थप १५० रुपैयाँ तिर्नुपर्ने छ । साथै यस अफर अन्तर्गत ग्राहकले ५० प्रतिशत छुटमा भिडिओकनको ३२ इन्च र ४३ इन्चको स्मार्ट टिभी समेत खरिद गर्न सक्ने जनाइएको छ । फ्रेमलेस डिजाइन, १८० डिग्रीको एंगल,  १ जीबी र्‍याम र ८ जीबी रोम युक्त यी टीभीमा एक वर्षको वारेन्टी रहेको छ। 

यसका साथै टिभीमा एचडीएमआई, वाईफाई/ इथरनेट, युएसबीका लागि ३ ओटा पोर्ट समेत रहेका छन् । एन्ड्रोइड भर्सन ९.० मा आधारित टिभीमा 20 वाटको स्पिकर र टेबल माउन्ट पनि उपलब्ध रहेको छ । १९२० * १०८० को डिस्प्ले सहित प्यानल रेटिङ  डीएलईडी ए प्लस प्यानल डट फ्रि रहेको छ। 

३२ इन्चको एलईडी टिभी यो योजना अन्तर्गत १३ हजार २७३ र ४३ इन्चको स्मार्ट टिभी २५ हजार ६६३ रुपैयाँमा उपलब्ध हुने जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४