close

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित नेपाल टेलिकमले ल्यायो तिहार अफर

टेकपाना टेकपाना

कात्तिक ५, २०७९ १४:५५

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित नेपाल टेलिकमले ल्यायो तिहार अफर

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको तिहार, छठ तथा म्हपुजाका अवसरमा विभिन्न डेटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर उपलब्ध गराउने भएको छ । उक्त अफरहरु भोलिदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।

डेटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डेटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डेटा तीन दिनभित्र  प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डेटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ ।

यी प्याकहरु जुनसुकै समय (अल टाइम) प्रयोग गर्न सकिने जनाइएकाे छ । यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डेटा प्याक उपलब्ध गराइने छ ।

रु. २०० देखि रु. ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डेटा प्याक उपलब्ध हुनेछ ।

यसैगरी पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निशुल्क भोल्टे सेवा पनि उपलब्ध गराइएको छ ।

उल्लिखित प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *1415#  डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एप र वेबसाइटबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ५, २०७९ १४:५५