close

यस्तो छ फेसबुक पोस्ट बुस्ट गर्ने तरिका

टेकपाना टेकपाना

कात्तिक ५, २०७९ २१:२५

यस्तो छ फेसबुक पोस्ट बुस्ट गर्ने तरिका

काठमाडौं । सामाजिक सञ्जाल हाम्रो दैनिकीको अभिन्न हिस्सा बनेको छ । विशेषगरी हामीले व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जाल प्रयोग गरिरहेका हुन्छौँ । त्यसबाहेक कतिपयले व्यावसायिक प्रयोजनका लागि प्रयोग गरेका हुन्छन् ।

विशेषगरी आफ्ना कुनै पनि उत्पादन वा प्रचार गर्नुपर्ने सामग्रीलाई सामाजिक सञ्जालका माध्यमबाट धेरैमाझ पुर्‍याउन सकिन्छ । चुनावको समयमा विशेषगरी सामाजिक सञ्जालबाट बुस्ट गर्ने प्रचलन बढी छ । सामाजिक सञ्जालमा पनि फेसबुक र टिकटकमार्फत प्रचार गर्दा उक्त पोस्ट धेरै प्रयोगकर्तामाझ पुग्ने गर्छ ।

आज हामीले यस लेखमार्फत विशेषगरी चुनावमा सामाजिक सञ्जालको पोस्ट कसरी बुस्ट (प्रचार) गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ ।

निर्वाचन कुनै पनि निश्चित क्षेत्र वा भूगोललाई केन्द्रित गरी सम्पन्न हुने प्रक्रिया हो । नेपालमा पनि मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन हुँदै छ । त्यसका लागि उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भइसकेको छ । त्यस्तै सबैजसो उम्मेदवारले चुनाव चिह्न पनि पाइसकेका छन् ।

यस्तो निर्वाचनमा उम्मेदवारले सम्बन्धित जिल्लाको सम्बन्धित क्षेत्रबाट उम्मेदवारी दर्ता गराएको हुन्छ । आफूले दर्ता गराएको क्षेत्रबाट उसले पाएको मतको आधारमा ऊ विजेता हुने नहुने कुराको निर्धारण हुन्छ । यस्तो अवस्थामा निश्चित क्षेत्रका जनतालाई केन्द्रित गरी प्रचार गर्नुपर्ने हुन्छ । त्यसैले आसन्न निर्वाचनका लागि प्रचारको सबैभन्दा उपयुक्त विकल्प फेसबुक पोस्ट हुन्छ ।

फेसबुकमार्फत पोस्ट बुस्ट गर्न तलको प्रक्रिया अपनाउनुहोस्:

  • सबैभन्दा पहिले फेसबुक पेज खोल्नुहोस् । व्यक्तिगत फेसबुक आईडीमा यो विशेषता नहुने भएकाले पेज नै खोल्नुपर्ने हुन्छ ।)  

  • त्यसपछि आफूलाई उपयुक्त हुने पोस्ट तयार पार्नुहोस् । (व्यवसायका उत्पादन, चुनाव प्रचार सामाग्री सम्बन्धी पोस्ट)

  • त्यसपछि उक्त पेजबाट उक्त प्रचार गर्नुपर्ने कन्टेन्ट अपलोड गर्नुहोस् ।

  • आफ्नो फेसबुक पेजमा जानुहोस् ।

  • आफूले बुस्ट गर्न चाहेको पोस्टको तल रहेको बुस्ट पोस्ट (Boost Post) अप्सनमा क्लिक गर्नुहोस् ।

  • त्यसपछि उक्त साइटमा स्पेसल एड क्याटेगोरीमा गएर उक्त पोस्ट कुन क्याटेगोरीमा पर्छ भन्ने कुरा छान्नुपर्ने हुन्छ ।

  • त्यसपछि कुन अडियन्सलाई केन्द्रित गरिएको छ भन्ने कुरा छान्नुपर्ने हुन्छ । चुनाव प्रचारका लागि बुस्ट गर्दा (क्रियट न्यु)मा जानुहोस् । त्यहाँ गएर कुन क्षेत्रका वा कुन वर्गका अडियन्सलाई केन्द्रित गरिएको हो भन्ने छान्नुपर्ने हुन्छ ।

  • त्यसपछि उक्त पोस्ट कति दिन सम्मका लागि राख्ने हो भन्ने कुरा छान्नुपर्ने हुन्छ ।

  • त्यसपछि अर्को सेक्सनमा कति डलर खर्च गर्दा कति अडियन्समा पुग्छ भन्ने कुराको मापन गरिएको हुन्छ ।

  • त्यहाँ आफूलाई उपयुक्त हुने प्याकेज छान्नुहोस् ।

  • त्यसपछि एड पेमेन्ट मेथड (Add Payment Method) मा ट्याप गर्नुहोस् ।

(नेपालमा डलर कार्डबाट यस्ता पोस्ट बुस्ट गर्न सकिन्छ । डलर कार्ड विभिन्न बैंकले आफ्ना ग्राहकलाई उपलब्ध गराइरहेका हुन्छन् । नेपालमा पेपाल आधिकारिक रूपमा उपलब्ध नभएकाले डलर कार्डबाट पोस्ट बुस्ट गर्दा उपयुक्त हुन्छ ।)

  • त्यसपछि अर्को सेक्सनमा एड पेमेन्ट मेथडमा रहेको डेबिट अर क्रेडिट कार्डको विकल्प छान्नुहोस् ।

  • त्यसपछि तल रहेको नेक्स्टको अप्सनमा क्लिक गर्नुहोस् ।

  • त्यसपछि कार्ड डिटेलको सेक्सन खुल्छ । त्यहाँ गएर कार्डमा भएको नाम राख्नुहोस् ।

  • त्यसको तल कार्ड नम्बर राख्नुहोस् ।

  • त्यस्तै तल रहेको अप्सनमा कार्डमा रहेको एमएम/वाईवाई (MM/YY) र सीभीभी (CVV) नम्बर राख्नुहोस् ।

  • त्यसपछि सेभ लेखेको अप्सनमा क्लिक गरेर उक्त विवरण सेभ गर्नुहोस् ।

  • त्यसपछि पेज स्क्रोल गर्दै तल जानुहोस् । जहाँ कति अडियन्ससम्म पोस्ट पुर्‍याउने, कति खर्च लाग्छ भन्ने कुरा उल्लेख गरिएको हुन्छ ।

  • त्यसपछि अन्तिममा रहेको बुस्ट पोस्ट नाउ (Boost Post Now) को अप्सनमा क्लिक गर्नुभयो भने उक्त पोस्ट बुस्ट हुन्छ ।

याद गर्नुहोस् पोस्ट बुस्ट भइसकेपछि डलर कार्डबाट पैसा काटिनेछ । यस्ता पोस्ट बुस्ट गर्दा भरपर्दो पेज वा नयाँ बनाइएको पोस्टबाट बुस्ट गर्नुपर्ने हुन्छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ६, २०७९ ९:१