close

ट्रोलको सिकार बन्यो मार्क जुकरबर्गको खुट्टासहितको अवतार, प्रयोगकर्ता भन्छन्ः झनै बकवास

टेकपाना टेकपाना

कात्तिक १२, २०७९ ११:३४

ट्रोलको सिकार बन्यो मार्क जुकरबर्गको खुट्टासहितको अवतार, प्रयोगकर्ता भन्छन्ः झनै बकवास

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कम्पनीको बिस्पोक मेटाभर्सका लागि खुट्टासहितको आफ्नो नयाँ अवतार सार्वजनिक गरेका थिए । जसलाई प्रयोगकर्ताले बकवास अवतारको उपनाम दिएका छन् ।

कम्पनीको वार्षिक भर्चुअल रियालिटी कन्फ्रेन्समा जुकरबर्गले अवतारको परिष्कृत स्वरूप सार्वजनिक गरेका हुन् । जो दशकौ‌ं अगाडिका भिडिओ गेममा देखिने कार्टुन जस्तो देखिएको भन्दै थुप्रै प्रयोगकर्ताले उनको मजाक उडाइरहेका छन् ।

केही साता अघि उनले खुट्टा सहितको आफ्नो पूर्ण कदको उक्त अवतार सार्वजनिक गरेका थिए । त्यसको केही समय नबित्दै इन्टरनेटमा मजाकको विषय बनिसकेको छ ।

खुट्टासहितको उपडेटेड अवतार यस वर्षको अन्त्यतिर फोन तथा भर्चुअल रियालिटी हेडसेटमा सार्वजनक हुने बताइएको छ । त्यसभन्दा अघि सार्वजनिक भएको खुट्टाविहिन अवतारलाई मानिसहरूले डरलाग्दो देखिएको भन्दै मजाक उडाएका थिए ।

 

न्यू योर्क टाइम्सका अनुसार उनलाई उक्त ट्रोलले निराश बनाएको थियो ।  जसले गर्दा उनले छोटो समयमा नै खुट्टासहितको नयाँ अवतार सार्वजनिक गर्नु परेको थियो ।

Legs are coming soon! Are you excited? 🎉 pic.twitter.com/SB6qSepKm4

— Meta Horizon (@MetaHorizon) October 11, 2022

जुकरबर्गले कता खनाए १० अर्ब डलर ?

मेटाभर्सको परिकल्पनालाई साकार पार्न मार्क जुकरबर्गले १० अर्ब अमेरिकी डलर (करिब ११ खर्ब रुपैयाँ) खर्च गरिसेका छन् । तर, मेटामा उक्त रकम बराबरको परिणाम हालसम्म पनि देखिएको छैन ।

कम्पनीले सार्वजनिक गरेको खुट्टासहितको अवतार पनि दशकौँ अघि भिडिओ गेममा देखिने क्यारेक्टर जस्तो देखिने विश्लेषकको तर्क छ । जसलाई इन्टरनेट सञ्जालमा ट्रोल गर्न छाडिएको छैन ।

"मार्क जुकरबर्ग एउटा त्यस्तो मान्छे हुन् जसले इन्टरनेटको ट्रोलबाट बच्न नयाँ अवतार सार्वजनिक गर्छन् । उक्त नयाँ अवतारका कारण उनी पुनः ट्रोलको शिकार बन्छन्," एक प्रयोगकर्ताले ट्वीट गर्दै भनेका छन् ।

यी विभिन्न आलोचना र उपहासका बाबजुद पनि मार्क जुकरबर्ग कम्पनीलाई अघि बढाउन कति लगानी गर्न सक्छन् र के कस्ता रणनीति अपनाउन सक्छन् भन्ने देखाएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १२, २०७९ १२:५९