close

प्रमुख सञ्चालन अधिकृत खोज्दै खल्ती

टेकपाना टेकपाना

कात्तिक १५, २०७९ १०:४६

प्रमुख सञ्चालन अधिकृत खोज्दै खल्ती

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले कर्मचारी माग गरेको छ । मेरो जब पोर्टलमा एक सूचना प्रकाशित गर्दै कम्पनीले प्रमुख सञ्चालन अधिकृत पदका लागि कर्मचारी माग गरेको हो ।

मास्टर डिग्री हासिल गरेको र सम्बन्धित क्षेत्रमा ५ वर्ष भन्दा लामो अनुभव भएका जो कोहिले पनि आवेदन दिनसक्ने जनाइएको छ । तर, यसका लागि मानव संसाधन व्यवस्थापन, व्यवसाय सञ्चालन, वित्तीय व्यवस्थापन तथा मार्केटिङसँग सम्बन्धित जानकारी हुने आवश्यक छ ।

यसका लागि इच्छुकले आगामी ९ दिनभित्र अर्थात् नोभेम्बर १० तारिखसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 
 

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०७९ १०:४६