काठमाडौं । भारतीय कम्पनी इको तेजसले १५० किलोमिटर रेन्ज दिने विद्युतीय बाइक सार्वजनिक गरेको छ । हार्ले डेभिडसन बाइकको जस्तो डिजाइन भएको यो बाइकको नाम ‘ई डाइरोथ’ राखिएको छ । यो बाइकले प्रति घण्टा एक सय किलोमिटर सम्मको उच्च गति दिने कम्पनीको दाबी छ ।
बाइकमा ७२ भोल्ट ६० एएचको लिथियम ब्याट्री जडान गरिएको छ । यस बाइकमा स्मार्ट ब्याट्री देखि स्मार्टफोनलाई बाइकसँग कन्नेक्ट गर्नका लागि ब्लुटुथ कनेक्टिभिटी फिचर उपलब्ध छ । त्यस्तै ड्यासबोर्डमा नोटिफिकेसन फिचर समेत उपलब्ध छ ।
यो बाइक एक हाई स्पीड इलेक्ट्रिक क्रुजर हो । एकपटकको फूल चार्जमा १५० किलोमिटरसम्म गुड्न सक्ने बताइएको यो बाइक स्पेयर ब्याट्रीको प्रयोग गरी अर्को १५० किलोमिटर गुड्न सक्ने कम्पनीको भनाइ छ ।
बजारमा यो बाइकको मूल्य एक लाख ३० हजार भारतिय रुपैयाँ (२ लाख ८ हजार रुपैयाँ) पर्ने अनुमान गरिएको छ ।