close

यहाँ सुन्नुहोस्, महिला सशक्तिकरणमा केन्द्रित वर्ल्डलिंकको पोडकास्ट

टेकपाना टेकपाना

मंसिर २५, २०७९ १७:३९

यहाँ सुन्नुहोस्, महिला सशक्तिकरणमा केन्द्रित वर्ल्डलिंकको पोडकास्ट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले लैङ्गिक हिंसा विरुद्ध पोडकास्ट सिरिज सम्पन्न गरेको छ । कम्पनीले ९ मङ्सिरदेखि २४ गतेसम्म आयोजना गरेको १६ दिने अभियानका क्रममा विभिन्न क्षेत्रमा योगदान दिएका महिलाहरूको जीवनका उतारचढाव लाई लिएर छ ओटा पोडकास्ट तयार पारेको हो । 

 

ती पोडकास्टमा कम्पनीको व्यावसायिक सामाजिक उत्तरदायित्व विभागका प्रमुख अनुपा जलान, गर्ल्स इन टेक नेपालकी संस्थापक आस्था शर्मा र नेपालको भौतिकशास्त्रकी पहिलो महिला प्राध्यापक निलम श्रेष्ठले आफ्नो अनुभव शेयर गरेका छन् ।

यस्तै प्रिजनर्स असिस्टेन्स नेपालकी प्रमुख इन्दिरा रानामगर, नेपाली राष्ट्रिय फुटबल टोलीकी कान्छी खेलाडी प्रिती कुलुङ राई, मानव अधिकार अधिवक्ता प्रपुसा केसी, नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान र युवा अभियन्ता शैली चौधरीको संघर्षको कथा समेत ती पोडकास्टमा सुन्न सकिन्छ । 

 

पोडकास्टमा काठमाडौं उपत्यका ट्राफिक कार्यालयको प्रमुख डीआईजी मिरा चौधरी र ‘बडी बिल्डर’ (शारीरिक सुगठन कला) बिनिता राईको पनि सहभागिता थियो । यहाँ क्लिक गरी तपाईँले यी सबै पोडकास्टहरू सुन्न सक्नु हुनेछ । 

शनिबार पोडकास्टमा सहभागी सबै महिलाहरूलाई  कम्पनीले सम्मान समेत गरेको थियो । समापन कार्यक्रममा बोल्दै कम्पनीका सीईओ केशव नेपालले वर्ल्डलिङ्कले मानिसहरूलाई जोड्ने काम मात्र नभइ समतामूलक समाज बनाउनका लागि समेत भूमिका निर्वाह गरिरहेको बताए । उनले कम्पनीले आगामी दिनहरूमा पनि यस किसिमका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरेका थिए ।    



 

पछिल्लो अध्यावधिक: मंसिर २५, २०७९ १७:३९