close

फेसबुक/इमेलमार्फत आफ्नो व्यक्तिगत जानकारी नदिन इन्भेस्टमेन्ट बैंकको आग्रह

टेकपाना टेकपाना

पुस ५, २०७९ १०:५५

फेसबुक/इमेलमार्फत आफ्नो व्यक्तिगत जानकारी नदिन इन्भेस्टमेन्ट बैंकको आग्रह

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्ना ग्राहकलाई इमेल, फेसबुक लगायतका कुनै पनि माध्यमबाट बैंकसँग सम्बन्धित जानकारी उपलब्ध नगराउन आग्रह गरेको छ । 

पछिल्लो समय फेसबुक, जिमेल, ह्वाट्सएप, भाइबरमार्फत इमेल तथा म्यासेन्ज रिक्वेस्ट पठाई बैंकको जानकारी माग्ने प्रवृत्ति बढ्दै गएपछि यो जोखिमपूर्ण रहेको भन्दै बैंकले यस्तो आग्रह गरेको हो । साथै बैंकले कुनै पनि ग्राहकको व्यक्तिगत जानकारी नमाग्ने पनि स्पष्ट पारेको छ । 

‘फेसबुक, जिमेल, ह्वाट्सएप, भाइबरमार्फत जानकारी मागि बैंकको महत्वपूर्ण पासवर्ड परिवर्तन गर्ने तथा बैंक खातमा पहुँच बनाउन सक्ने हुँदा कुनै पनि उपलब्ध गराउनु हुन्न,’ बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘बैंकले कहिले पनि फेसबुक, जिमेल, ह्वाट्सएप, भाइबरमार्फत पासवर्ड, पीन, ओटीपी, सीभीभी, कार्ड लगायतका जानकारी माग्दैन ।’ 

यसका साथै बैंकले ओटीपी लगायतका अन्य महत्वपूर्ण जानकारी अरुलाई शेयर नगर्न समेत भनेको छ । यदि कसैले बैंकको नाम लिएर फेसबुक, जिमेल, ह्वाट्सएप, भाइबरमार्फत यस्ता जानकारी मागेको खण्डमा बैंकलाई जानकारी गराउन समेत आग्रह गरेको छ । 


 

पछिल्लो अध्यावधिक: पुस ५, २०७९ १५:४६