close

सामाजिक सञ्जालमा कोरोना बारे भ्रम सिर्जना गरे कारबाही हुने

टेकपाना टेकपाना

चैत ५, २०७६ १८:२७

सामाजिक सञ्जालमा कोरोना बारे भ्रम सिर्जना गरे कारबाही हुने

काठमाडौं । अब सामाजिक सञ्जालमार्फत कोरोनाभाइरसबारे गलत सूचना सम्प्रेषण गरेको खण्डमा सरकारले कारवाही गर्ने भएको छ । कोरोनाभाइरस (कोभीड–१९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले उक्त निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरिय समितिको आठौं बैंठकले गरेको निर्णय नम्बर १५ मा सामाजिक सञ्जालमा कोरोनाबारे अफवाह फैलाउने खालका सूचना प्रकाशित गरेको खण्डमा कारवाही गर्ने उल्लेख छ।

‘सर्वसाधारण नागरिकलाई भ्रम सिर्जना हुने गरी कुनै पनि सञ्चार माध्यम (सामाजिक सञ्जालबाट समेत) बाट गलत अभिव्यक्ती दिएमा विद्यमान कानून बमोजिम कडा कारवाही गरिने छ ।’ बैंठकको निर्णयको अन्तिम बुँदामा लेखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१