काठमाडौं । विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड-१९) का कारण ‘वर्क फ्रम होम’ अर्थात घरबाटै काम गर्ने परिपाटीको विकास भएको छ । नेपालमा पनि धेरै जसो कम्पनीहरुले यस्तो अभ्यास अपनाइरहेका छन् ।
सूचना प्रविधिकै क्षेत्रमा काम गर्ने कम्पनी खल्ती, ईं–सेवा, वर्ल्डलिंक लगायतका नेपाली सञ्चार तथा सूचना प्रविधि कम्पनीले यस्तो परिपाटी अपनाएका छन् । अवश्य पनि घरबाट काम गर्दा एक अर्कासँग सहकार्यको आवश्यकता पर्छ ।
त्यस्तोमा अन्य साथीसँग जोडिने र उनीहरुले गरेको कामको निगरानी गर्ने माध्यम भनेको भिडियो कन्फ्रेन्स नै हो । अथवा भिडियो च्याट ।
यस्तोमा सहज र निःशूल्क प्रयोग गर्न सकिने उपयुक्त भिडियो एप कुन–कुन हुनसक्छन् त ? त्यसको बारेमा हामी यहाँ जानकारी दिँदै छौं । उपशिर्षकमा क्लिक गरी आफूलाई उपयुक्त एप डाउनलोड गर्न सक्नुहुनेछ ।
माइक्रोसफ्टको स्काइप पनि भिडियो च्याटका लागि उत्कृष्ट एप हो । जुन आईओएस र एन्ड्रोइड दुबैमा सपोर्ट गर्छ । प्रयोगका लागि सहज रहेको यसमा एकैपटक ५० जनासम्मलाई अडियो कल गर्न सकिन्छ ।
भिडियो कल भने तपाईंले कुन डिभाइस प्रयोग गरिरहनु भएको छ, त्यसमा भर पर्छ । यदि तपाईं मोबाइल प्रयोग गर्नुहुन्छ भने स्क्रिन सानो हुने हुँदा थोरै हुन्छ भने कम्प्युटर प्रयोग गर्नुहुन्छ भने धेरैसँग भिडियो च्याट गर्न सक्नु हुनेछ ।
यदि तपाईं कसैसँग रियल टाइममै भिडियो च्याट गर्न चाहनुहुन्छ, तर त्यो व्यक्ति अनलाइन छैन भने त्यस्तो समयमा तपाईंले सन्देश पठाउनु पर्ने हुन्छ । त्यसको उचित विकल्प मार्कोपोलो हुनसक्छ ।
यसबाट तपाईंले आफ्ना साथी तथा आफन्तलाई भिडियो म्यासेज पठाउन सक्नुहुनेछ । यसबाट एक पटकमा कुनै एक व्यक्तिलाई अथवा समूहमा सबैलाई एकसाथ सन्देश पठाउन सक्नु हुनेछ ।
फेसबुकको लत लागेको छ र फेसबुक नचलाई बस्न सक्नु हुन्न भने तपाईंको लागि फेसबुक म्यासेञ्जर एक विकल्प हुनसक्छ । यसमार्फत तपाईंले अडियो तथा भिडियो दुबै माध्यको प्रयोग गर्न सक्नु हुनेछन् ।