close

कोरोना भाइरसले ४१% बढायो ह्वाट्सएपको प्रयोग

टेकपाना टेकपाना

चैत १५, २०७६ १०:४९

कोरोना भाइरसले ४१% बढायो ह्वाट्सएपको प्रयोग

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण म्यासेजिङ एप ह्वाट्सएपको प्रयोग ४१ प्रतिशले वृद्धि भएको छ । सम्पुर्ण सामाजिक सञ्जालकै प्रयोगमा वृद्धि भएको आवस्थामा ह्वाट्सएपको प्रयोगमा सबैभन्दा बढी वृद्धि भएको हो ।

कान्ट्रा नामक रिसर्च फर्मले १४ देखी २४ मार्चसम्म गरेको अध्ययनले कोरोना भाइरसको महामारीको समयमा ह्वाट्सएपको प्रयोग ४१ प्रतिशतले वृद्धि भएको छ । सुरुवातमा २७ प्रतिशत रहेकोमा अहिले वृद्धि भएर ४१ प्रतिशत पुगेको उल्लेख छ ।

अझ जुन देशमा भाइरसले आतंक मच्चाएको अवस्था छ, ती देशहरुमा त झन् यसको प्रयोग ५१ प्रशितले वृद्धि भएको बताइएको छ । यसको प्रयोगमा सबैभन्दा बढी स्पेनमा वृद्धि भएको छ । स्पेनमा यसको प्रयोग ७६ प्रशितले वृद्धि भएको अध्ययनले देखाएको छ ।

उमेर समूहको हिसाबमा हेर्ने हो भने १८ देखी ३४ वर्ष उमेर समूहका प्रयोगकर्ता सबैभन्दा बढी सक्रिय रहेका छन् । त्यस्तै फेसबुक तथा इन्स्टाग्रामको प्रयोग पनि ३७ प्रतिशतभन्दा बढीले वृद्धी भएको छ । चीनमा लोकप्रिय एप विच्याट वृद्धि भने ५८ प्रतिशतले भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६