close

कोरोनाभाइरस विरुद्ध फेसबुकले सुरु गर्‍यो म्यासेञ्जर कम्युनिटी

टेकपाना टेकपाना

चैत १९, २०७६ ११:२९

कोरोनाभाइरस विरुद्ध फेसबुकले सुरु गर्‍यो म्यासेञ्जर कम्युनिटी

काठमाडौं । फेसबुकले कोरोना भाइरसको जानकारी दिन म्यासेन्जरमा ‘कोरोना कम्युनिटी हब’ सञ्चालनमा ल्याएको छ । प्रयोगकर्तालाई कोरोना बारे विभिन्न जानकारी, टिप्स, श्रोत लगाउतका विषयवस्तु उपलब्ध गराउने उद्देश्यका साथ म्यासेञ्जर कम्युनिटी सुरु गरेको हो ।

सोसल डिस्टेन्सका कारण पछिल्लो समय म्यासेन्जरको प्रयोग बढिरहेको सन्दर्भलाई मध्यनजर गर्दै कम्पनीले म्यासेन्जरमा यो सेवा उपलब्ध गराएको छ । कम्पनीका अनुसार हाल म्यासेन्जरमा ७० प्रतिशत मानिस भिडियो प्रयोग गरिरहेका छन् ।

भिडियो च्याटमा बिताउने समय पनि दोब्बर भएको छ । कम्युनिटीले प्रयोगकर्तालाई विभिन्न स्क्यामहरुबाट बच्ने उपायका साथै गलत समाचार फैलाउन समेत रोक्न मद्धत गर्नेछ ।

यसका साथै म्यासेन्जरले सरकारी स्वास्थ्य संस्थाले आफै विकास गर्न मिल्ने म्यासेन्जर थिम पनि विकास गरेको छ । जसमा रहेर सरकाले आफ्नो जानकारी दिन म्यासेन्जर एप बनाउन सकिने उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१