फोटो सेयरिङ एप इन्स्टाग्रामले मोबाइलमा मात्रै रहेको डाइरेक्ट म्यासेज (डीएम) लाई डेक्सटप भर्सनमा पनि उपलब्ध गराएको छ । कम्पनीले आफ्नो ट्वीटर ह्यान्डलमार्फत यसको जानकारी गराएको हो ।
*Sliding into your DMs*
— Instagram (@instagram) April 10, 2020
Now you can get and send Instagram Direct messages on desktop, no matter where you are in the world ? pic.twitter.com/CT2SwuxHTv
केही महिना अघि कम्पनीले वेब भर्सनमा डाइरेक्ट म्यासेज परीक्षण भइरहेको जनाएको थियो । अब भने, उक्त सेवा उपलब्ध भएको कम्पनीले जनाएको छ ।
यो सँगै प्रयोगकर्ताले जहाँबाट जुनसुकै समयमा पनि आफ्नो म्यासेज पढ्न सक्ने भएका छन् ।-एजेन्सीको सहयोगमा
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४
