close

नचिनेको विदेशी नम्बरबाट मिसकल आयो ?, नफर्काउनुस्

टेकपाना टेकपाना

बैशाख २, २०७७ १४:४५

नचिनेको विदेशी नम्बरबाट मिसकल आयो ?, नफर्काउनुस्

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित विदेशी नम्बरबाट आएको फोन नउठाउन र त्यस्ता फोनमा कल नफर्काउन आग्रह गरेको छ ।

केही दिनयताबाट विदेशी नम्बरबाट मिसकल आउने र मिसकलसँगै भाइबर एक्टीभेसन कोडको नाममा म्यासेज लिंक पठाउने खालका घटना भइरहेको छ । सर्वसाधारणलाई ठग्ने नियतले गरिने यस्तो कामबाट जोखिम क मगर्न नियामक निकायले यस्तो सूचना जारी गरेको हो ।

‘विदेशी अपरिचित फोन नम्बरबाट नेपालको मोबाइल नम्बरमा मिसकल तथा म्यासेज आएको र यसबाट सेवाग्राहीलाई पुग्न गएको असुविधा प्रति प्राधिकरणका गम्भीर ध्यानाकर्षण भएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ, ‘वान–रिङ भनेर चिनिने यस प्रकारको मिसकल स्क्याम विगतमा पनि आउने गरेको र प्राधिकरणले यसलाई राक्ने विभिन्न कदम चालेको भएकातापनि सम्भव भएको छैन । फरक–फरक विदशी नम्बरबाट कल आउने गरेकाले यो राक्ने सम्भव नभएको हो ।’

सेवाग्राही आफैंले यसमा सावधानी अपनाउनुपर्ने प्राधिकरणको सूचनामा भनिएको छ । ‘सेवाग्राहीले त्यस्ता अपरिचित विदेशी नम्बरमा फोन नगरेसम्म वा अपरिचित व्यक्तिबाट आएको म्यासेजमा क्लिक नगरेसम्म कुनै असर पर्दैन,’ सुचनामा उल्लेख छ, ‘त्यस्ता म्यासेज र कललाई डिलेट गरी अथवा त्यस्ता नम्बरको बारेमा प्राधिकरणलाई जानकारी दिएर सहयोग गर्न सकिन्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४