close

फेसबुक स्टोरिज अब तीन दिनसम्म राख्न सकिने

टेकपाना टेकपाना

बैशाख ५, २०७७ ९:२१

फेसबुक स्टोरिज अब तीन दिनसम्म राख्न सकिने

एजेन्सी । फेसबुकले स्टोरिज हेर्न सकिने समय बढाउने भएको छ । अहिले प्रयोगकर्ताले स्टोरिजमा राखेको फोटो २४ घन्टामात्र हेर्न मिल्नेमा यसको समय तीन दिन पुर्याउन लागिएको हो । त्यसका लागि फेसबुकले हाल परिक्षण गरिरहेको छ ।

चिनियाँ डेभलपर जेन म्यानचुन वाङले आफ्नो ट्वीटरमार्फत यसबारे जानकारी सार्वजनिक गरेकी छन् । उनका अनुसार फेसबुकले स्टोरिजमा फोटो राख्दा कति दिनलाई बस्नेगरि राख्ने भनी छनोट गर्न दिनेछ ।

त्यसमा प्रयोगकर्ताले एक अथवा तीन दिनमध्ये एक दिन छनोट गर्न सक्नेछन् । यदि कुनै फोटोलाई तीन दिनसम्म राख्न मन लागेको छ भने तपाईंले तीन दिनमा सेलेक्ट गरी राख्न सक्नुहुनेछ । पछिल्लो समय स्टोरिजमा फोटो राख्ने चलन बढेसँगै फेसबकुले यसको समय अवधि बढाउने तयारी गरेको उल्लेख गरिएको छ ।

त्यस्तै इन्स्टाग्राममा अब कमेन्टलाई पिन गरेर राख्न सकिने भएको छ । त्यसका लागि इन्स्टाग्रामले हाल सिस्टम परीक्षण गरिरहेको खबर सार्वजनिक भएको छ । चिनियाँ डेभलपर वाङले नै यो खबर बाहिर ल्याएकी हुन् ।

यो लागु भएसँगै हाल फेसबुकमा आफुले गरेको पोष्टमा कमेन्ट गरी सबैभन्दा माथि रहने गरी पिन गरे जस्तै पिन गरेर राख्न सकिने छ । यसले प्रयोगकर्तालाई कमेन्ट गर्ने अन्यलाई कमेन्टमार्फत केही सुचना दिन चाहेको खण्डमा सहज हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४