close

बाबा रामदेवको पतंजलिले सुरु गर्‍यो ई-कमर्श व्यवसाय

टेकपाना टेकपाना

जेठ २, २०७७ १४:५६

बाबा रामदेवको पतंजलिले सुरु गर्‍यो ई-कमर्श व्यवसाय

काठमाडौं । योग गुरु बाबा रामदेवले पतंजलि ई-कमर्श प्लेटफर्म  सार्वजनिक गरेका छन् । उक्त ई-कमर्श प्लेटफर्मलाई गत डिसेम्बरमा परीक्षण गरिएको ।

उक्त प्लेटफर्मबाट परीक्षण कालमै १० करोड भारुको व्यापार भएको बाबा रामदेवले बताएका छन् । प्लेटफर्मको परीक्षण सफल भएपछि आधिकारिक रुपमै ई-कमर्शको रुपमा व्यवसाय सुरु भएको हो ।

रामदेवको नयाँ पतंजली ई-कमर्शले पेटिएम मल, बिग बास्केट, फ्लिपकार्ट, ग्रोफर्स र अमेजनसँग गत हप्ता मात्रै साझेदारीको सम्झौता गरेको थियो  ।  घोषणा अघि पतंजलिले आफ्ना उत्पादित वस्तुहरु थर्ड पार्टी वितरकको माध्यमबाट अनलाइन बिक्री गर्दै आएको थियो । 

तर अब भने आफ्नै साइटबाट कम्पनीले ग्राहकमाझ खुद्रा वस्तु तथा सेवा बिक्री गर्नेछ । पतंजलिको आँकडा अनुसार अनलाइन प्लेटफर्ममा सिफ्ट भएपछि यसबाट कम्पनीको आम्दानी कम्तिमा १० अर्ब डलरले बढाउनेछ ।  

यस्तै अर्को वर्ष कम्पनीको कूल आम्दानीमा १५ प्रतिशत आम्दानी अनलाइन बिक्रीको योगदान हुने कम्पनीको अनुमान छ ।

टाइम्स अफ इंडियाका अनुसार हाल एक अर्ब डलर रहेको राम्रो बजार लिएका उपभोग्य वस्तुहरुको अनलाइन बिक्रीको बजार करीब ६ गुणाले बढ्ने अनुमान गरिएको छ । रामदेवको पतंजलिले पनि यस्तै राम्रो नजिता ल्याउने अपेक्षा गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१