close

सामाजिक सञ्जाललाई कडाइ गर्न डोनाल्ड ट्रम्पको नयाँ आदेश

टेकपाना टेकपाना

जेठ १७, २०७७ १७:१६

सामाजिक सञ्जाललाई कडाइ गर्न डोनाल्ड ट्रम्पको नयाँ आदेश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाललाई कडाइ गर्ने उद्देश्यका साथ कार्यकारी आदेश जारी गरेका छन् । सामाजिक सञ्जालमा प्रकाशित हुने सामग्रीबाट उनीहरुले उन्मुक्ति पाइरहेको भन्दै त्यसलाई रोक्ने खालको आदेश जारी गरिएको हो ।

ट्वीटरले उनका दुई ट्वीटमा भ्रम सिर्जना गर्ने भन्दै लेबल लगाइदिएपछि ट्रम्पले शुक्रबार उक्त आदेशमा हस्ताक्षर गरेका थिए । उनले फेसबुक तथा ट्वीटर लगायतका कम्पनीहरूले ‘खुला शक्ति’ पाएको आरोप समेत लगाएका छन् । उनले यो शक्तिलाई रोक्नका लागि नयाँ आदेश जारी गरेको बताएका छन् ।

ट्रम्पले भनेका छन्, यदि प्रयोगकर्ताका सामग्रीलाई सामाजिक सञ्जालले सम्पादन गर्ने हो भने अहिले जस्तो खुल्ला कानूनले हुँदैन । त्यसैले कानूनी कडाई आवश्यक छ । आदेशमा संघीय आयोगले कस्ता सामग्रीलाई प्रतिबन्ध लगाउने भनेर निर्क्यौल गर्ने, सामाजिक सञ्जालमा सरकारी विज्ञापन दिने विषयको भरमा प्रतिबन्ध लगाइएका घटना छन् कि छैनन् भनेर खोज्ने बताइएको छ ।

साथै प्रविधि कम्पनीहरूले असमान व्यवहार गर्दा उजुरी दिन सकिने ह्वाइट हाउसको एउटा प्रणाली पुनः सुरु गरिने छ । तर, ट्रम्पले जारी गरेको यो आदेशलाई अदालतमा चुनौती दिन सक्ने भनी अनुमान भने गरिएको छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१