काठमाडौं । माइक्रो ब्लगिङ एप ट्वीटरले आफ्ना प्रयोगकर्तालाई अब सोझै अडियो रेकर्ड गरेर ट्विट गर्न मिल्ने सुविधा उपलब्ध गराउने भएको छ । कम्पनीले ट्वीटरमा अडियो रेकर्डिङ अप्सन उपलब्ध गराउने घोषणा गरेको हो ।
यो सुविधा हाल केही आईओएस प्रयोगकर्तालाई मात्र उपलब्ध छ । अबको केही समय पश्चात आईओएसका सम्पूर्ण प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ । विस्तारै एन्ड्रोइड भर्सनमा पनि उपलब्ध हुने बताइएको छ ।
You can Tweet a Tweet. But now you can Tweet your voice!
— Twitter (@Twitter) June 17, 2020
Rolling out today on iOS, you can now record and Tweet with audio. pic.twitter.com/jezRmh1dkD
‘२८० अक्षरको माध्ययमबाट कहिले काहिँ कहीँ सबै कुरा भन्न सम्भव हुँदैन,’ कम्पनीले भनेको छ, ‘प्रयोगकर्ताले आफ्नो सन्देश आफ्नै स्वरमा अरुलाई सुनाउन सकून भन्ने उद्देश्यका साथ यसको नयाँ फिचरको सुरुवात गरिएको हो ।’
कम्पनीका अनुसार यदि तपाईं आईओएस प्रयोगकर्ता हो र तपाईंले यो सुविधा प्राप्त गर्नु भएको छैन भने ट्वीटरको क्यामेरा आईकनको सँगै ‘वेभफर्म’ अर्थात रेकर्डिङको अप्सन देख्नुहुने छ । त्यसमा क्लिक गरी १४० सेकण्ड सम्मको अडियो रेकर्ड गरी ट्विट गर्न सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
