एजेन्सी । बिहीबार ट्वीटरले ‘एडीट बटन’ को विषयमा लामो अध्ययन पछि प्रयोगकर्तालाई जिस्काएको छ । कम्पनीले यदि मास्कको प्रयोग व्यापक रुपमा भएको खण्डमा प्रयोगकर्तालाई आफूले गरेको ट्वीट एडिट गर्न मिल्ने फिचर उपलब्ध गराउने जनाएको छ ।
अमेरिकामा अहिले मास्क प्रयोग गर्ने विषयमा मतमतान्तर चलिरहेको छ । कोही मास्क प्रयोगको विषयमा नकारात्मक छन् त कोही मास्क प्रयोग गर्नुपर्छ भन्ने पक्षमा छन् । कोरोनाभाइरस फैलिनबाट रोक्नका लागि पनि सामाजिक सञ्जालहरुले आफ्ना प्रयोगकर्तालाई मास्क प्रयोग गर्न आग्रह गरिरहेका छन् ।
यसै बिच ट्वीटरले बिहिबार आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलमार्फत ट्वीट गर्दै प्रयोगकर्तालाई मास्क प्रयोग गर्न आग्रह गरेको छ । प्रयोगकर्तालाई मास्क प्रयोग गर्न प्रोत्साहन गर्ने ट्वीटरको शैली भने अलिक फरक छ । उसले ट्वीटमा लेखेको छ, ‘यदी सबैले मास्क प्रयोग गरेको खण्डमा एडिट बटन उपलब्ध हुनेछ ।’
everyone means EVERYONE https://t.co/nJh5qMV0us
— Twitter Comms (@TwitterComms) July 2, 2020
लामो समयदेखि ट्वीटरमा एडिट बटन उपलब्ध गराउनुपर्ने माग गर्दै आएका प्रयोगकर्तालाई मास्क प्रयोग गर्न आकर्षित गर्ने यो तरिकालाई युनिक रुपमा लिइएको छ । तर, ट्वीटरको यो ट्वीटले के दर्शाउँछ भने कम्पनीले कहिले नै एडिट बटन उपलब्ध गराउने छैन ।
किन भने यस अघि ट्वीटरका सह–संस्थापक ज्याक डार्सीले एडिट बटन सायद कहिलै नआउने बताएका थिए । सबैले मास्क प्रयोग गर्नु असम्भव नै भएकाले यसलाई व्यांयको रुपमा पनि हेरिएको छ ।
Proceeding to change my legal name to "EVERYONE" right now.
— Paolo Attivissimo (@disinformatico) July 2, 2020
तर यो विषमया प्रयोगकर्ताले भने ट्वीटरलाई नै उल्टै उडाइरहेका छन् । एक जना प्रयोगकर्ताले ट्वीटरको उक्त ट्वीटको रिप्लाईमा आफू आफ्नो नाम कानूनी रुपमै परिवर्तन गरी ‘एभ्रीवान’ अर्थात सबै बनाउने तयारी गरिरहेको बताएका छन् ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
