close

खुम्बाया डट कमको सेवा सुचारु

टेकपाना टेकपाना

साउन २१, २०७७ १०:३६

खुम्बाया डट कमको सेवा सुचारु

काठमाडौं । लकडाउन खुलिसकेको अवस्थामा सुरक्षा अनिश्चितताबीच खुम्बाया डट कमले आफ्नो सेवा सुचारु गरेको छ । सप्लायर, होलसेलर, ट्रेडर लगायत बिक्रेता तथा क्रेताबीच सेतुको रुपमा प्लेटफर्म प्रदान गर्दै आइरहेको खुम्बायाले लकडाउनमा अवरुद्ध सेवा पुनः सुचारु गरेको हो । 

देशभरका विभिन्न सप्लायर तथा बिक्रेताहरुले खुम्बायालाई आफ्नो सेवा तथा उत्पादित वस्तुको एक्सेल सूची प्रदान गर्दछन् । सूचीलाई खुम्बायाले आफ्नो ड्यासबोर्डमा राखेर त्यसको युजर लग ईन विवरण बिक्रेतालाई दिन्छ ।

यसरी बिक्रेताले ड्यासबोर्डबाट क्रेतासँग प्रत्यक्ष रुपमा जोडिएर आफ्नो सामान बिक्री गर्न सक्छन् । साथै बिक्रेता स्वयम्‌ले ड्यासबोर्ड तथा वस्तुको विवरणलाई अद्यावधिक गर्न सक्दछन् । 

साथै मर्चेन्टहरुले खुम्बायाको पेजमा गएर आफ्नो व्यवसायलाई चलायमान राख्न आवश्यक सामग्रीहरु बिक्रेताबाट सोझै खरिद गर्न पनि सक्छन् ।

खुम्बाया डट कमका मार्केटिङ म्यानेजर अनुप कक्षपति खुम्बाया उत्पादक, सप्लायर, होलसेलर, खुद्रा वितरक तथा क्रेताहरुको लागि सम्पर्क गर्ने, सञ्चार गर्ने र सामान किनबेच गर्ने थलो भएको बताउँछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३