टेकपाना
भदौ ४, २०७७ १६:२७
काठमाडौं । एनसेल आजियाटा कम्पनीले ग्राहकका लागि एक सय रुपैयाँ (करसहित १२७.६९ रुपैयाँ)मा सात दिनसम्म ननस्टप यूट्युव र ४ जीबी डेटाकाे अफर दिइरहेकाे छ ।
ननस्टप यूट्युब फाेरजी नेटवर्कमा उपलब्ध हुनेछ भने अतिरिक्त रूपमा पाएकाे ४ जीबी डेटा सबै नेटवर्कका लागि उपलब्ध हुनेछ ।
यसका लागि ग्राहकले *१७१२३*१# डायल गरी याे अफर प्रयाेग गर्न सक्नेछन् ।
साथै ननस्टप यूट्युव र डेटा प्याक लिने ग्राहकले ७ दिनसम्म २० रूपैयाँ (करसहित २५.५४ रूपैयाँ) मा फेसबुकका लागि ३५ सय एमबी डेटा प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै एनसेलले २० रूपैयाँ (करसहित २५.५४ रूपैयाँ) मा टिकटकका लागि समेत ३५ सय एमबी डेटा उपलब्ध गराउने भएकाे छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३