close

चिनियाँ राष्ट्रपति इन्टरनेटमा ‘हट केक’, नेपालमा धेरै खोजिनेमा सी

टेकपाना टेकपाना

असोज २६, २०७६ १६:९

चिनियाँ राष्ट्रपति इन्टरनेटमा ‘हट केक’, नेपालमा धेरै खोजिनेमा सी

यो समाचार तयार पार्दासम्म चीनका राष्ट्रपति सी जिनपीङ नेपालको दुईदिने औपचारी भ्रमण सकेर स्वदेश फर्किसकेका छन् । चिनियाँ राष्ट्र प्रमुखको रुपमा २३ वर्षपछि भएको नेपाल भ्रमण सकेर राष्ट्रपति सी आइतबार अपरान्ह स्वदेश फर्किएका हुन् ।

शनिबार अपरान्ह पौनै पाँच बजे विशेष विमानमा काठमाडौं ओर्लिएका सीले नेपालमा २१ घन्टा बिताए । उनको स्वागत जसरी गरियो त्यसैगरी उनको विदाइ पनि भव्य नै रह्यो । विदाइमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट व्यक्तित्वहरुको बिमानस्थलमा उपस्थिती रह्यो ।

विश्व शक्ति केन्द्रको रुपमा उदाएको चीनका राष्ट्रपति नेपाल आउनु स्वाभिक रुपमा ठुलो महत्वको विषय थियो । उनको भ्रमण नेपालका लागि महत्वपूर्ण सावित पनि भएको छ । विभिन्न परियोजनमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धताका साथ सी स्वदेश फर्किएका छन् । त्यसैले पनि उनको आगमनको विषय नेपालमा विगत एक महिनादेखी चर्चाको विषय थियो ।

को हुन सी जिनपीङ ? उनको बाल्यकाल कस्तो थियो ? कसरी उनी विश्व शक्ति केन्द्र चीनको राष्ट्रपति बने ? भन्ने विषय नेपालीका लागि चासोको बिषय हुने नै भए । नेपाल आउँदा के–कस्ता विषयमा सम्झौता हुन सक्छ, उनको आगमनमा नेपालले के फाइदा लिन सक्छ, दुई देश बिचको मित्रतालाई प्रगाढ बनाउन यो भ्रमणको योगदान के रहन्छ ? जस्ता विषयले नेपाली सञ्चार माध्ययममा राम्रै स्थान पाए ।

त्यसैको प्रतिफल पछिल्लो एक हप्ताको अवधिमा सी नेपालको इन्टरनेट दुनीयाका ‘हट केक’ बने । सी नेपालमा पछिल्लो हप्ता गुगलमा धेरै खोजिनेमा परेको छन् । गुगल ट्रेन्डमा टेकपानाले गरेको खाेजमा उनी यो हप्ताको प्रमुख विषय बनेका छन् । त्यो पनि समाचारमा । पछिल्लो एक हप्तामा सी सँग जोडीएका समाचार गुगलमा हेरिने क्रम हरेक दिन बढ्दै गएको देखिन्छ । अघिल्लो आइतबार देखी आज सम्मको तथ्याङ्क हेर्दा हरेक दिन धेरै मान्छेले सी को विषयमा गुगलमा सर्च गरी समाचार पढेको पाइएको छ ।

अझ पछिल्लो तीन दिनमा अर्थात शुक्रबार देखी आइतबारसम्म सबैभन्दा बढी सी सँग सम्बन्धी समाचार गुगलमा सर्च गरी पढिएको छ । गुगलमा सर्च गरेर समाचार पढ्नेमा नेपालको मध्य भागबाट सबैभन्दा बढी छन् । सबैभन्दा बढी हेर्ने स्थानको दोस्रो र तेस्रोमा मध्य पश्चिम र पश्चिम भाग रहेको छ । भने, चौथोमा पुर्वी भाग रहेको गुगल ट्रेन्डले देखाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३