close

शुक्रबार ‘नोभा सेभेन एसई’ को नयाँ भर्सन सार्वजनिक गर्दै ह्वावे

टेकपाना टेकपाना

असोज २९, २०७७ १४:५

शुक्रबार ‘नोभा सेभेन एसई’ को नयाँ भर्सन सार्वजनिक गर्दै ह्वावे

काठमाडौं । ह्वावेले आफ्नो नयाँ नोभा सेभेन एसई फोन भोलि शुक्रबार सार्वजनिक गर्ने लिक्स्टरले बताएको छ । तर यसअघिका रिपोर्ट अनुसार यसमा किरिन ८२० चिपसेट र फाइभजी क्षमता भने नहुने बताइएको छ । 

यस फोनमा मेडियाटेक डाइमेन्सिटी ८०० यू चिपसेट र सात नानोमिटर प्रोसेस प्रविधि राखिएको लिक्स्टरले बताएको छ । ह्वावेले यस फोनलाई ह्वावे नोभा सेभेन एसई फाइभजी भाइटालिटी इडिसनको नामबाट सार्वजनिक गर्ने छ । 

यस फोनको कुरा गर्दा यसमा ८ जीबी र्‍याम र १२८ जीबीको इन्टर्नल स्टोरेज रहनेछ । यसबाहेक यसको ब्याक सेटअपमा क्वाड क्यामेरा राखिएको छ । जसमा १६ मेगापिक्सलको मेन क्यामेरा, ८ मेगापिक्सलको अल्ट्रावाइड क्यामेरा, दुई मेगापिक्सलको डेप्थ र दुई मेगापिक्सलको म्याक्रो क्यामेरा छन् । 

यसको स्क्रिन डिस्प्ले भने एलसीडी रहेको छ, जसको पन्च होलमा १६ मेगा पिक्सेलको सेल्फी क्यामेरा हुनेछ । ह्वावे नोभा सेभेन एसईमा ४ हजार एमएएचको ब्याट्री र ४० वाटको फास्ट चार्जिङ राखिएका छन् । 

यो नोभा सेभेन सिरिजको एकदमै सुलभ मूल्यमा पाउन सकिने फोन हो जसको मूल्य ३४० डलर अर्थात् ४० हजार नेपाली रूपैयाँभन्दा माथि हुनेछ ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४