close

एनएमबी बैंकका ग्राहकलाई सीजीका उत्पादनको खरिदमा महाअफर

टेकपाना टेकपाना

कात्तिक २, २०७७ ८:५

एनएमबी बैंकका ग्राहकलाई सीजीका उत्पादनको खरिदमा महाअफर

काठमाडौं । एनएमबी बैंक र सीजीबीच एनएमबी बैंकका ग्राहकले सीजीको कुनै पनि उत्पादन एनएमबी बैंकको कार्डबाट खरिद गर्दा मेगाडिल अन्तर्गत एनएमबी दशैं नगद फिर्ता अफर प्रदान गर्ने विषयमा द्विपक्षीय समझदारी भएको छ ।

यसपालीको दशैं किनमेलमा सजिलो होस भन्ने उद्देश्यसाथ सीजीले यो अभियान सुरु गरेको हो ।

एनएमबी बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महाअफर अन्तर्गत ग्राहकले सीजीका उत्पादनहरूको प्रत्येक खरीदमा ४० प्रतिशतसम्म बचत गर्न सक्नेछन् ।

एनएमबी बैंकले १८६ शाखा, ६ विस्तारित काउन्टर र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३