close

५ एनएम भएको स्न्यापड्रागन ८७५ चिपसेट डिसेम्बरमा सार्वजनिक हुँदै

टेकपाना टेकपाना

कात्तिक २२, २०७७ २०:१०

५ एनएम भएको स्न्यापड्रागन ८७५ चिपसेट डिसेम्बरमा सार्वजनिक हुँदै

काठमाडौं । क्वालकमले आफ्नो नयाँ फ्ल्यागशिप चिपसेट स्न्यापड्रागन ८७५ डिसेम्बरमा सार्वजनिक गर्ने भएकाे छ । डिसेम्बर १ र २ मा अनलाइनबाट हुने टेक समिटमा कम्पनीले याे चिपसेटकाे घाेषणा गर्ने भएकाे छ ।

यो ५ एनएम प्राेसेसमा निर्माण भएकाे पहिलाे चिप हुनेछ, जसमा एआरएमको नयाँ अल्ट्रा पावरफुल एक्स वान सीपीयू कोर प्रयोग भएकाे छ ।

अब सन् २०२१ मा सार्वजनिक हुने एन्ड्राेइड फ्ल्यागशिप फाेनहरूमा स्न्यापड्रागन ८७५ काे प्रयाेग हुने अनुमान सहजै लगाउन सकिन्छ । रिपाेर्टमा बताइए अनुसार यसअघिकाे स्न्यापड्रागन ८६५ काे तुलनामा याे २५ प्रतिशत फास्टर हुनेछ ।

स्न्यापड्रागन ८७५ चिपसेटको प्रयोग साओमी, रियलमी, ओप्पो, वानप्लस, लगायत सामसङ, भिभो लगायतका कम्पनीले २०२१ का फ्ल्यागशिप फाेनहरूमा गर्ने घाेषणा गरिसकेका छन् ।

साओमीले २०२१ को सुरूमा एमआई इलाभेन र एम आई इलाभेन प्रो स्न्यापड्रागन ८७५ सहित सार्वजनिक गर्ने पक्कापक्की भइसकेकाे छ ।

यो सिरिज फेब्रुअरीमा लञ्च हुने अनुमान गरिएको छ । तर रियल्मीले जनवरीमै स्न्यापड्रागन ८७५ भएको फोन ल्याउन सक्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०