close

बिक्री सुरु भएको ५ मिनेटमै ३ लाखले किने साओमी एमआई ११

टेकपाना टेकपाना

पुस १७, २०७७ १३:२२

बिक्री सुरु भएको ५ मिनेटमै ३ लाखले किने साओमी एमआई ११

काठमाडौं । साओमीको नयाँ स्मार्टफोन एमआई ११ गएको सोमबारमात्रै चिनियाँ बजारमा सार्वजनिक भएको थियो । कम्पनीले सोमबार सार्वजनिक भएको भएता पनि यो फोन उपभोक्ताले खरिद गर्न सक्नेगरी बजारमा भने जनवरी १ अर्थात आजदेखि बिक्री सुरु भएको थियो ।

आजदेखि बिक्री सुरु भएको साओमी पाँच मिनेटमा ३ लाखभन्दा बढी बिक्री भएको उल्लेख गरिएको छ । एमआई ११ सन् २०२१ को पहिलो फ्लागशिप स्मार्टफोन हो । जसमा स्न्यापड्रागन ८८८ प्रोसेसर रहेको छ ।

स्न्यापड्रागन ८८८ प्रोसेसर हुने साओमी एमआई ११ विश्वकै पहिलो स्मार्टफोन पनि हो । नयाँ वर्षको उपहार स्वरुप ल्याएको यो फोन चिनियाँ समयअनुसार रातको १२ बजेदेखि बिक्री खुल्ला गरिएको थियो ।

बिक्री खुला भएको पहिलो पाँच मिनेटमा ३ लाख फोन बिक्री भएको उल्लेख गरिएको छ । फोनमा १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज र ८ जीबी र्याम र १२८ जीबी स्टोरेजका साथ आएको छ । जसमा ४,७८० एमएएचको ब्याट्री रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०