close

१२ जीबी र्‍याम सहित बिहीबार सार्वजनिक हुँदै सामसङ ग्यालेक्सी एस २१ अल्ट्रा

टेकपाना टेकपाना

पुस २५, २०७७ १२:८

१२ जीबी र्‍याम सहित बिहीबार सार्वजनिक हुँदै सामसङ ग्यालेक्सी एस २१ अल्ट्रा

काठमाडौं । सामसङको बहुप्रतिक्षित ग्यालेक्सी एस २१ सिरिज आउँदो माघ १ गते बिहीबार सार्वजनिक हुँदै छ । कम्पनीले विश्व बजारमा उक्त फोनको प्रि-अर्डर समेत खुला गरिसकेको छ ।

विभिन्न स्राेतले उक्त दिन एस २१, एस २१ प्लस र एस २१ अल्ट्रा गरी तीन माेडलमा याे सिरिज सार्वजनिक हुने जनाएका छन् । यस अन्तर्गत ग्यालेक्सी एस २१ अल्ट्रामा १२ जीबी र्‍याम रहने बताइएकाे छ ।

याे फाेन ‘एस पेन’ प्रयाेग भएकाे पहिलाे ग्यालेक्सी फाेन समेत हुनेछ । कम्पनीले याे फाेन प्रि-अर्डर गर्ने ग्राहकका लागि ग्यालेक्सी बड्स प्राे र ग्यालेक्सी स्मार्ट ट्याग ट्रयाकर उपलब्ध गराउने घाेषणा गरेकाे छ ।

६.८ इन्चको डिस्प्ले रहने फोनमा क्वाड एचडी प्लस रिजाेलुसन (३२००x१४४० पिक्सेल) रहने छ भने १२० हर्ज रिफ्रेस रेट प्रदान गरिने छ । यो फोनमा क्वालकमकाे पछिल्लाे स्न्यापड्रागन ८८८ प्रोसेसर रहने छ ।

कुल ५ वटा क्यामेरा रहने याे फोनमा मुख्य क्यामेरा १०८ मेगापिक्सेल रहनेछ भने सेल्फी क्यामेरा ४० मेगापिक्सेल रहनेछ ।

फाेन मार्फत अल्ट्रा एचडी भिडियो खिच्न सकिने उल्लेख गरिएको छ । त्यस्तै ब्याट्रीकाे कुरा गर्दा ५ हजार एमएएच क्षमताकाे शक्तिशाली ब्याट्री हुनेछ ।

याे फाेन १२८ जीबी, २५६ जीबी र ५१२ जीबी राेम अप्सनमा उपलब्ध हुने अनुमान गरिएकाे छ । जसकाे बजार मूल्य एक लाख ८० हजारकाे हारहारीबाट सुरू हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१