close

भारतीयहरुको सूचना जोखिममा रहेको भन्दै फेसबुक र ह्वाट्सएप प्रतिबन्ध गर्न माग

टेकपाना टेकपाना

पुस २७, २०७७ १४:३

भारतीयहरुको सूचना जोखिममा रहेको भन्दै फेसबुक र ह्वाट्सएप प्रतिबन्ध गर्न माग

काठमाडौं । कन्फेडेरेशन अफ अल इन्डिया ट्रेडर्स (सीएआईटी) ले ह्वाट्सएपको नयाँ नीतिको विरोध गर्दै भारतमा ह्वाट्सएप र फेसबुकलाई प्रतिबन्ध गर्न माग गरेका छन् ।

ह्वाट्सएपले सार्वजनिक गरेको नयाँ नीतिले प्रयोगकर्ताको व्यक्तिगत जानकारी, कोरोबारको जानकारी, कन्ट्याक्ट नम्बर, लोकेशन लगायतका महत्वपूर्ण जानकारी ह्वाट्सएपले आफ्नो प्रयोजनका लागि प्रयोग गर्न सक्ने बनाएको छ ।

यसरी प्रयोगकर्ताको जानकारी संकलन गरी उक्त जनाकारी फेसबुकसँग समेत सेयर गर्न सक्ने ह्वाट्सएपको नीतिलाई कार्यान्वयन ल्याउन नदिन भनी सीएआईटीले मन्त्रालयलाई पत्र पठाएको हो ।

सीएआईटी सूचना प्रविधि मन्त्री रविशंकर प्रसादलाई पठाएको पत्रमा भनिएको छ, ‘सरकारले तत्कालै ह्वाट्सएपको नयाँ नीतिलाई कार्यान्व्यनमा ल्याउनबाट रोक्नुपर्छ । अथवा ह्वाट्सएप र उसको प्यारेन्ट कम्पनी फेसबुकलाई बन्द गर्नुपर्छ ।’

भारतमा २० करोड भन्दा बढी फेसबुक प्रयोगकर्ता रहेका छन् । यदि सम्पूर्ण प्रयोगकर्ताको जानकारी प्रयोग गर्न दिएको खण्डमा यसले देशको आर्थिक र सुरक्षामा ठूलो असर पार्न सक्ने सीएआईटीको भनाई छ ।

‘यसले कुनै समय नुनको व्यापार गर्न आएको इस्ट इन्डिया कम्पनी जसले भारतमा राज गरेको थियो त्यसैलाई पुनः सम्झाएको छ,’ सीएआईटीले पठाएको पत्रमा लेखिएको छ, ‘अहिले त्यही खालको अवस्था सिर्जना भइरहेको छ । डेटा आजको सबैभन्दा महत्वपूर्ण कुरा हो । जसले देशको आर्थिक संरचना र सामाजिक संरचनमा ठूलो असर पार्नेछ ।’

यति बेला फेसबुक र ह्वाट्एसको सही रुप देखा परेको छ । उनीहरुले भनेका छन, ‘सुरुमा नि:शुल्क भन्दा भारतमा सबैलाई फेसबुकले ह्वाट्सएप प्रयोग गर्न आकर्षित गर्‍यो । जब यसमा धेरै प्रयोगकर्ता जोडिए, अब उसले प्रयोगकर्ताको डेटामा पहुँच खोजिरहेको छ । यसको मुख्य उद्देश्य भारतको अर्थतन्त्रमा नियन्त्रण लिनु नै हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१