close

शाओमीको रेडमी नोट एट प्रो सार्वजनिक

टेकपाना टेकपाना

मंसिर ५, २०७६ १८:२३

शाओमीको रेडमी नोट एट प्रो सार्वजनिक

स्मार्टफोन निर्माता कम्पनी साओमीले बहुप्रतिक्षित रेड्मी नोट एट सार्वजनिक गरेको छ । सार्वजनिक भएसँगै यो फोन क्वाड क्यामेरा सेटअप भएको विश्वकै पहिलो स्मार्टफोन बनेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘रेडमी नोट सिरिजका स्मार्टफोन आफैमा अब्बल रहँदै आएका छन् । रेडमी नोट एट प्रो सार्वजनिक गर्न पाउँदा निकै खुशी छौं । विश्वकै ६४ एमपी क्यामराका साथ हेलियो जी ९० टी चिपसेट भएको यो स्मार्टफोनले गेमिङ र फोटोग्राफीमा नयाँ मापदण्ड कायम गर्नेछ ।’

यसको फ्रन्ट क्यामेरा सेटअपमा २० एमपी सेल्फी सुटर छ । अक्टा-कोर हेलियो जि ९० टी मोबाइल प्ल्याटफर्मले यो सेग्मेन्टमा बेजोड गेमिङ क्षमता समेत देखाएको छ । नोट एटमा पूर्ण एचडी प्लस १६.५ सीएम (६.५३) डट नोच डिस्प्ले र १९.५ः९ एस्पेक्ट रेसियोका तथा सबै भागमा पातलो बेजल राखिएको छ ।

स्मार्टफोनको पछाडिपट्टी ८.८ एमएम मोटाइ भएको थ्रीडी कर्भड ग्लास रहेको छ । जसले फोन हातमा लिँदा सजिलो महशुस गराउँछ । दिनभर टिक्ने ब्याट्री लाइफ नोट सिरिजको विशेषता नै हो । नोट एटमा ४५०० एमएएच ब्याट्री (१८ वाट चार्जर) प्रयोग गरिएकाले दिनभर लगातार गेमिङ र फोटोग्राफीका लागि ढुक्क हुन सकिन्छ ।

शाओमीको सुधारिएको लिक्विड कुलङ प्रविधिले फोन प्रयोगका क्रममा तापक्रम कम गर्दै लैजाने भएकाले नियमित रुपमा लामो समयसम्म चलाउन सकिन्छ । ८ जीबी र्‍याम क्षमता भएको रेडमी नोट ८ प्रो एक शक्तिशाली गेमिङ स्मार्टफोन हो ।

रेडमी नोट एट ६ जीबी र्‍याम तथा ६४ जीबी स्टोेरज र ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भएको छ । जसको मूल्य क्रमशः १८,९९९ र २३,९९९ राखिएको छ । यो फोन मुनलाईट ह्वाइट, स्पेश ब्लाक र नेप्च्यून ब्लुमा उपलबध् रहेकाे छ ।

रेडमी नोट ८ प्रो, ६ जीबी प्लस ६४ जीबी, ६ जीबी प्लस १२८ जीबी र ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा बजारमा उपलब्ध छ । जसको मूल्य क्रमशः २६,९९९ रुपैयाँ, २९,९९९ रुपैयाँ र ३२,९९९ रहेको छ । यो फोन भने गामा ग्रिन, हलो ह्वाइट र स्याडो ब्ल्याक गरी तीन ओटा कलर भेरियन्टमा रहेकाे छ । यी दुवै फोनहरु २० नोभेम्बरदेखि एमआईका अधिकृत बिक्रेता, डराज डट कम र सस्तो डिलमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

४ ओटा क्यामेरा सेटअप

रेडमी नोट सिरिजमा पहिलो पटक चार ओटा क्यामेरा प्रयोग गरिएको छ । यसमा फोटो र भिडियोका लागि ६४ एमपी मुख्य क्यामेरा, १२० डिग्री अल्ट्रा वाइड एङगल लेन्स, डेप्थ सेन्सर र म्याक्रो लेन्स रहेको छ । कम प्रकाशमा समेत रेड्मी नोट एट प्रोको मुख्य क्यामराले स्वचालित रुपमा सुपर पिक्सेल ट्रिगर समेत गर्ने बताइएको छ ।

एलेक्सा बिल्ट-इन विथ डुअल वेक

रेडमी नोट एट प्रो अमेजन एलेक्सा बिल्ट इन रहेको नेपालकै पहिलो स्मार्टफोन हो । यसले प्रयोगकर्ताहरुलाई अन्तरक्रिया गर्न र एकैपटक विभिन्न कार्यहरु कार्यान्वयन गर्न मद्दत गर्ने बताइएको छ । यसबाहेक द्रुत समाचार अपडेट, स्मार्ट होम नियन्त्रण, रियल टाइम मौसमको जानकारी र एलेक्सा किवर्ड ‍लगायतका फिचर समेत यसमा समावेश गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१