close

अब फेसबुकले राजनीतिक ग्रुपमा लाइक र फलोका लागि सुझाव नदिने

टेकपाना टेकपाना

माघ १६, २०७७ १९:५४

अब फेसबुकले राजनीतिक ग्रुपमा लाइक र फलोका लागि सुझाव नदिने

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले अब प्रयोगकर्तालाई फेसबुकमा रहेका राजनितिक ग्रुपमा जोडिनका लागि सुझाव नदिने भएको छ । यस अघिसम्म फेसबुकले ‘जोइन दिस ग्रुप’ भन्दै विभिन्न ग्रुपमा जोडिनका लागि सुझाउँदै आएको थियो ।

तर, अब भने त्यस किसिमको कार्यलाई फेसबुकले बन्द गर्ने भएको हो । यसअघि अमेरिकी चुनावको क्रममा फेसबुकले अमेरिकामा यस्तै नियम लागु गरेको थियो ।

अब भने कम्पनीले यसलाई विश्वव्यापी रुपमा नै प्रयोगमा ल्याउने भएको हो । राजनीतिक ग्रुपका साथ ‘सिभिक’ अर्थात नागरिक समाज जस्ता ग्रुपमा पनि यो नियम लागु हुने बताइएको छ । तर, उक्त सिभिक ग्रुपभित्र कस्ता ग्रुप पर्छन भन्ने विषय भने अहिलेसम्म खुलाइएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४