close

मोरङ अटोवर्क्सको अटोलोन खल्ती वालेटबाटै तिर्न सकिने

टेकपाना टेकपाना

माघ १७, २०७७ ९:३२

मोरङ अटोवर्क्सको अटोलोन खल्ती वालेटबाटै तिर्न सकिने

काठमाडौं । मोरङ अटोवर्क्सबाट सवारी साधन खरिद गर्ने ग्राहकले अटोलोनको भुक्तानी खल्ती वालेटबाटै गर्नसक्ने भएका छन् । ग्राहकले खल्ती एपको ईएमआई सेक्सनमा गएर मोरङ अटोवर्क्स (एमएडब्लू) इन्भेष्टमेन्टमा किस्ता रकम, ग्राहकको नाम, ऋण शाखा, सवारी साधन नम्बर लगायतका विवरण भरेपछि सोझै खल्ती मार्फत बैंक खातामा रकम भुक्तानी गर्न सकिने छ ।

खल्तीले यस्तो सुविधा उपलब्ध गराएपछि मोरङ अटोवर्क्सबाट सवारी साधन किन्ने ग्राहकलाइ सहज हुने अपेक्षा गरिएको छ । खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो ।

जसले उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ कारोबार सहज तथा सरल बनाउने उद्देश्य लिएको छ । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी लगायतका सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४