close

कम्पनीको आडमा छोरीका लागि ट्रेडमार्क दर्ता गराएपछि ह्वावेका मालिकले मागे माफी

टेकपाना टेकपाना

माघ २५, २०७७ १४:४

कम्पनीको आडमा छोरीका लागि ट्रेडमार्क दर्ता गराएपछि ह्वावेका मालिकले मागे माफी

काठमाडौं । ह्वावेका संस्थापक रेन जेङ्फीले छोरी आन्नाबेल याओका लागि ह्वावे अन्तर्गत ट्रेडमार्क दर्ता गरेपछि विवादमा मुछिएका छन् । ह्वावेको एक आन्तरिक अनलाई फोरममा याे विषय उठेपछि उनले माफी मागेका छन् ।

याओ जेङ्फीकी माइली छोरी हुन् । उनी केही समययता मात्र कलाकारितामा लागेकी छन् । उनको वास्तविक नाम याओ सिवेइ हो । तर, आन्नाबेल याओ र याओ आन्ना उनको स्टेजको नाम हो ।

ह्वावेले गएको जनवरी २५ मा आन्नाबेल याओ र याओ आन्ना नाममा विभिन्न विधामा ट्रेडमार्क दर्ताको लागि आवेदन दिएको थियो । उक्त ट्रेडमार्क अहिले दर्ताको प्रक्रियामा छ ।

यसरी छोरिको नामको ट्रेडमार्क दर्ताको लागि कम्पनी मार्फत निवेदन दिएको विषय बाहिरिएपछि उनले माफी मागेका हुन् ।

उनले आन्नाबेल याओ र याओ आन्ना विभिन्न संस्था तथा व्यक्तिले ट्रेडमार्क दर्ताको लागि तयारी गरेकाले ह्वावेमार्फत दर्ता गराएको बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१