close

गुगल ट्रान्सलेटको विकल्पमा ‘पेटल ट्रान्सलेट’ ल्याउँदै ह्वावे

टेकपाना टेकपाना

माघ २५, २०७७ ११:३९

गुगल ट्रान्सलेटको विकल्पमा ‘पेटल ट्रान्सलेट’ ल्याउँदै ह्वावे

काठमाडौं । ह्वावेले गुगल ट्रान्सलेटको विकल्प प्रदान गर्न ‘पेटल ट्रान्सलेट’ ल्याउने तयारी गरेको छ । यसका लागि कम्पनीले ट्रेडमार्क दर्ता गराएको छ । कम्पनीले उक्त ट्रान्सलेट टुलको लागि गत फेब्रुअरी २ तारिखमा ट्रेडमार्क दर्ता गराएको हो ।

ह्वावेको लोगो पेटलबाटै निमार्ण गरिएको हुनाले कम्पनीले आफ्नो ट्रान्सलेसन टुलको नाम पनि पेटल नै राखिएको हुनसक्ने उल्लेख छ । ट्रेडमार्कका लागि दिएको आवेदनले ह्वावे कन्टेन्ट ट्रान्सलेसन टुलमा काम गरिरहेको भनेर सहजै बुझ्न सकिन्छ ।

उक्त ट्रान्सलेसन प्रविधिमा कुनै पनि वर्ड, डकुमेन्टका साथै एक भाषबाट अर्को भाषामा ट्रान्सलेट गर्न सकिनेछ । यही फिचर यसअघि नै गुगलले दिइरहेकाले ह्वावेको उक्त ट्रान्सलेसन टुल गुगलको विकल्प हुनसक्ने अनुमान गरिएको छ ।

त्योभन्दा पनि अमेरिकी सरकारले ह्वावेमाथि लगाएको प्रतिबन्धका कारण गुगलका कुनै पनि सेवा आफ्नो डिभाइसमा प्रयोग गर्न नपाउने भएपछि त्यसको विकल्प स्वरूप ह्वावेले याे कदम अघि बढाएकाे अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१