विरेन्द्रनगर । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर, सुर्खेतमा अवस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले मातहतका सम्पूर्ण क्याम्पस, स्कुल तथा कलेजहरु अन्तर्गत स्नातक तहमा सञ्चालित विभिन्न कार्यक्रमका लागि भर्ना खुला गरेको छ ।
विश्वविद्यालयले प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेको गर्दै प्रवेश परीक्षाका लागि आवेदन खुला गरेको छ ।
चाहेकाे शैक्षिक कार्यक्रममा भर्ना गर्न प्रवेश परीक्षाका लागि आवेदन फारम अनलाइन मार्फत सबै क्याम्पस र कार्यक्रमहरुका लागि विद्यार्थी आफैले घरबाटै भर्न सकिने व्यवस्था गरिएको छ ।
यसका लागि याे वेबसाइटमा गई अनलाइन फारम भर्न सकिनेछ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
