close

आईफोन ट्वेल्भ मिनी थोरै बिक्री भएपछि उत्पादन घटाउँदै एप्पल

टेकपाना टेकपाना

माघ २५, २०७७ १६:१७

आईफोन ट्वेल्भ मिनी थोरै बिक्री भएपछि उत्पादन घटाउँदै एप्पल

काठमाडौं । एप्पलले आईफोन ट्वेल्भ मिनीको उत्पादन घटाउने भएको छ । गत वर्ष एप्पलले आईफोन ट्वेल्भ, आईफोन ट्वेल्भ प्रो, आईफोन ट्वेल्भ प्रो म्याक्स र आईफोन ट्वेल्भ मिनी सार्वजनिक गरेको थियो ।

त्यसमध्ये आईफोन ट्वेल्भ, आईफोन ट्वेल्भ प्रो, आईफोन ट्वेल्भ प्रो म्याक्सको बजार यो वर्ष उत्साहजनक रहेकाे बताइएकाे छ । सन् २०२० को अन्तिम त्रैमासिकमा कम्पनीले हालसम्मकै धेरै आम्दानी गर्न सफल भएको थियो । जसमा आईफोन ट्वेल्भको बिक्री सबैभन्दा बढी भएको थियो ।

तर, सँगै सार्वजनिक गरिएको आईफोन ट्वेल्भ मिनीको बिक्री भने धेरै नै कम देखिएकाे छ । कम्पनीले सस्तो फोनको रुपमा उक्त फोन सार्वजनिक गरेको भएता पनि सोचअनुसार बजार लिन नसकेपछि उत्पादन नै कम गर्ने भएको हो ।

आईफोन मिनीमा ५.४ इन्च डिस्प्ले रहेको छ । हिन्दुस्तान टाइम्सका अनुसार विश्व बजारमा यो फोनको बिक्री कुल उत्पादनको केबल ६ प्रतिशत रहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१