काठमाडौं । विश्वका धनाढ्य एलन मस्कद्धारा सञ्चालित इलेक्ट्रिक कार कम्पनी टेस्लाले बिटक्वाइनमा लगानी गरेको छ । कम्पनीले १.५ बिलियन डलर अर्थात १ खर्ब ७४ अर्बभन्दा बढीको बिटक्वाइन खरिद गरेको मस्कले बताएका छन् ।
योसँगै अब अब टेस्लाले विस्तारै बिटक्वाइन मार्फत कम्पनीले उत्पादन गरेका गाडी बिक्री गर्ने उनले बताए । टेस्ला कम्पनीको बिटक्वाइनमा भएको यो लगानीसँगै बिटक्वाइनको मूल्य १४ प्रतिशतले बढेको छ ।
जसले बिटक्वाइनको मूल्य आजसम्मकै धेरै अर्थात ४३ हजार ५ सय डलर पुगेको छ । जुन अघिल्लो वर्ष यही समयको तलनामा रहेको बिटक्वाइनको मूल्यभन्दा ३ सय प्रतिशत बढी हो ।
बिटक्वाइन खरिदको विषयमा कम्पनीले अमेरिकाको सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसनमा सोमाबार जानकारी गराएको हो ।