काठमाडौं । शर्ट भिडियो प्लेटफर्म टिकटक र कम्पनीको चिनियाँ भर्जन एप डुयान फेब्रुअरीमा सबैभन्दा बढी डाउनलोड हुने एप बनेका छन् । त्यस्तै पछिल्लो ११ महिनादेखि सबैभन्दा बढी कमाउने एपमा पनि टिकटक परेकाे छ ।
मोबाइल एपको डेटा एनालाइज गर्ने संस्था सेन्सर टावरका अनुसार गएको फ्रेबुअरीमा मात्रै टिकटक ५ करोड ६० भन्दा बढी डाउनलोड भएको छ । त्यसमध्ये सबैभन्दा बढी चिनियाँ प्रयोगकर्ता रहेका छन् । फेबुअरीमा भएको कुल डाउनलोडको १८ प्रतिशत चिनियाँ भर्सनको एप डाउनलोड भएको सेन्सर टावरले जनाएको छ ।
सेन्सर टावरका अनुसार सबैभन्दा बढी टिकटक डाउनलोड हुने देशको सूचीमा अमेरिका दोस्रोमा रहेको छ । अमेरिकामा मात्रै कुल डाउनलोडको ११ प्रतिशत डाउनलोड भएको छ ।
टिकटकलाई पक्ष्याउँदै फेसबुक फेब्रुअरीमा दोस्रो धेरै डाउनलोड हुने एप भएको छ । सेन्सर टावरका अनुसार उक्त अवधिका फेसबुक ४ करोड ५० लाखभन्दा बढी डाउनलोड भएको छ । भने, इन्स्टाग्राम र ह्वाट्एप क्रमशः तेस्रो र चौंथो नम्बरमा रहेका छन् ।
यसअघि जनवरी महिनामा यो सूचीको पहिलो नम्बरमा म्यासेजिङ एप टेलिग्राम रहेको थियो । भने, टिकटक दोस्रो र तेस्रोमा सिंग्नल रहेको छ ।
सेन्सर टावरका अनुसार फेब्रुअरीमा महिनामा टिकटक सबैभन्दा बढी आम्दानी गर्ने संस्था पनि बनेको छ । कम्पनीले प्रति प्रयोगकर्ता १ सय १० अमेरिकी डलर आम्दानी गरेको छ ।
जुन अघिल्लो महिनाको तुलनामा १.९ गुणा बढी हो । जसमध्ये ७९ प्रतिशत एपमार्फत हुने आम्दानी चिनियाँ भसर्नको एपबाट आएको छ । भने, ८ प्रतिशत अमेरिका र ३ प्रतिशत टर्कीबाट भएको छ ।
योसँगै टिकटक पछिल्लो ११ महिनादेखि निरन्तर रुपमा एपमार्फत सबैभन्दा बढी आम्दानी गर्ने एप बनेको छ । सन् २०२० को अप्रिलसम्म टिण्डर यो सूचीको पहिलो नम्बरमा रहेको थियो ।