close

फेसबुकमा अब एक मिनेटको भिडियोमा पनि विज्ञापन

टेकपाना टेकपाना

फागुन २८, २०७७ १७:३४

फेसबुकमा अब एक मिनेटको भिडियोमा पनि विज्ञापन

काठमाडौं । टिकटकसँग प्रतिपर्धा गर्न फेसबुकले छाेटाे भिडियोमा विज्ञापन गर्ने भएको छ । छोटो भिडियोलाई पनि प्रवर्द्धन गर्ने उद्देश्यले फेसबुकले विज्ञापन गर्न लागेको हो ।

कम्पनीका अनुसार अब एक मिनेटको भिडियोमा समेत विज्ञापन गरिने छ । यसअघि विज्ञापनका लागि भिडियो कम्तीमा पनि तीन मिनेटको हुनुपर्ने प्रावधान रहेको थियो ।

यसका साथै कम्पनी पपुलर क्रिएटर, जसले लाइभ भिडियो रेकर्ड गर्ने तथा छोटा भिडियो हाल्ने गरेका छन, उनीहरुलाई पनि समेट्ने गरी भिडियोको मापदण्डमा समेत परिवर्तन गरेको छ ।

‘हामी अझ धेरै कन्टेन्टलाई मनिटाइज गर्न चाहन्छौ,’ फेसबुकले भनेको छ, ‘अहिलको समयमा शर्ट भिडियो सबैभन्दा रुचाइएको छ । त्यसैले हामीले शर्ट भिडियोमा पनि विज्ञापन रन गर्ने तयारी गरेका हौं ।’

फेसबुकको नयाँ नीतिले शर्ट भिडियो प्लेटफर्मका रुपमा रहेको टिकटक, स्न्याप इंक जस्ता कम्पनीका लागि भने चुनौतीको विषय हुने उल्लेख गरिएको छ । किनभने यस्ता प्लेटफर्मले क्रिएटरलाई हालसम्म पैसा उपलब्ध गराउने गरेको छैन ।

तर, फेसबुकले यस्तो भिडियोमा गरिने विज्ञापनबाट आएको आम्दानीको ४५ प्रतिशत आफूले राख्ने गरेको छ भने बाँकी रहेको रकम क्रिएटरलाई उपलब्ध गराउने गरेको छ ।

यतिसम्म कि फेसबुकले कतिपय क्रिएटरको हकमा फेसबुक स्टोरिजमा राखिएको भिडियोमा समेत पैसा उपलब्ध गराउने जनाइएको छ । त्यसका लागि कम्पनीले त्यस्ता स्टोरेजमा राखिएको भिडियोको माथि विज्ञापन दिने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१