close

५३ करोड प्रयोगकर्ताको डेटा लिकपछि फेसबुकलाई आम्दानीको ४ प्रतिशत जरिवाना !

टेकपाना टेकपाना

बैशाख ४, २०७८ ११:१०

५३ करोड प्रयोगकर्ताको डेटा लिकपछि फेसबुकलाई आम्दानीको ४ प्रतिशत जरिवाना !


काठमाडौं । दुई साता अघिमात्रै फेसबुकको ५३ करोड ३० लाख प्रयोगकर्ताहरुको डेटा इन्टरनेटमा लिक भयो । ती डेटामा उनीहरुको प्रोफाइल नेम, फेसबुक आईडी नम्बर, ईमेल एड्रेस र फोन नम्बरहरु थिए ।

१०६ मुलुकका ५३ करोडभन्दा धेरै फसबुक प्रयोगकर्ताहरुको सो डेटामा फेसबुक आईडी, फोन नम्बरलगायत फेसबुकका संस्थापक मार्क जुकरवर्ग र अमेरिकी यातायातमन्त्री पेट बुट्टिगिग तथा डेटा प्रोटेक्सनका लागि यूरोपियन यूनियन आयुक्त डिडियर रेन्डर्सको समेत डेटा रहेको थियो

पछिल्लो डेटा ब्रिचमा शिकार हुने हाई प्रोफाइल सूचीमा अमेरिकी संघीय व्यापार आयोगबाट ६१ जना र अटोर्नी जनरलबाट ६५१ जना समेत रहेका थिए । यसरी ठूलो मात्रामा डेटा लिक भएको घटनालाई लिएर फेसबुकमाथि कानूनी कारबाही अघि गरिने भएको छ ।

यूरोपियन युनियनको तर्फबाट डिजिटल प्राइभेसी ग्रुपले यो विषयमा फेसबुकविरुद्ध मुद्धा हाल्ने तयारी गरेको हो । उनीहरुले ईयु नागरिकको डेटामाथि खेलवाड गरेको भन्दै अदालतमा मुद्धा दर्ता गर्ने भएको हो ।

तर, यो विषयमा फेसबुकले भने यसअघि नै सार्वजनकि भएको डेटालाई संकलन गरी बाहिर ल्याइएको बताएको छ ।

यदि यो मुद्धा दर्ता भएको खण्डमा यसरी ठूलो संख्यामा डेटा लिक भएको घटनालाई लिएर मुद्धा दर्ता हुने पहिलो घटना हुने डिजिटल राइट आयरल्याण्डले जनाएको छ । भने, यो सुरुवात भएकाले आगमी दिनमा यसले निरन्तरता पाउने बताएका छन् ।

यदि यो मुद्धामा फेसबुकले हारेको खण्डमा फेसबुकले आफ्नो एक वर्षको आम्दानीको चार प्रतिशत जरिवाना बुझाउनुपर्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१