close

अक्सिजन प्लान्टका लागि थप १३ अस्पताललाई झण्डै १८ करोड बजेट

टेकपाना टेकपाना

जेठ ८, २०७८ २१:३३

अक्सिजन प्लान्टका लागि थप १३ अस्पताललाई झण्डै १८ करोड बजेट

काठमाडौं। देशका १३ वटा अस्पतालमा एचडीयू जडानसहित अक्सिजन प्लान्ट स्थापना गर्न अर्थ मन्त्रालयले थप १७ करोड ८७ लाख ७० हजार रुपैयाँ दिन स्वीकृत गरेकाे छ ।

कोभिड १९ को दोस्रो लहर फैलिएसँगै संक्रमितका लागि अक्सिजनको अभाव बढ्दै गएपछि यसअघि देशका विभिन्न अस्पताललाई भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ रूपैयाँभन्दा बढी रकम दिन स्वीकृति गरिसकेकाे छ ।

मन्त्रालयले हालै भक्तपुर क्यान्सर अस्पतालका लागि २ करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि ५ करोड १२ लाख ७० हजार, चरिकोट अस्पतालका लागि १ करोड ५५ लाख, जिरी अस्पतालका लागि ८० लाख, बाजुरा अस्पतालका लागि ७५ लाख, बझाङ अस्पतालका लागि १ करोड ५५ लाख रुपैयाँ बजेट दिन स्वीकृति दिएको हो ।

यस्तै डोटी अस्पतालका लागि ८० लाख, अछाम अस्पतालका लागि ७५ लाख, सोलुखुम्बु अस्पतालका लागि ७५ लाख, खोटाङ अस्पतालका लागि ७५ लाख, ताप्लेजुङ अस्पतालका लागि ७५ लाख, सूर्यविनायक अस्पतालका लागि ७५ लाख र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि १ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

यसअघि अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१