काठमाडौं । भाेलिदेखि काठमाडाैं उपत्यकामा थप कडाइका साथ निषेधाज्ञा लागू हुने भएकाे छ । किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु समेत बन्द गर्न जिल्ला प्रशासन काठमाडौंले निर्देशन दिएकाे छ ।
याे अवस्थामा उपभोक्तालाई खाद्यवस्तु आवश्यक परे नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका तर्फबाट मोबाइल गाडीको व्यवस्था गरिएको छ ।
निषेधाज्ञाको मोडालिटी परिर्वतन गरेपछि दैनिक उपभोग्य सामान खरिदमा समस्या हुने भन्दै निर्णयको विरोध भइरहेका बेला प्रशासनले त्यस्ता वस्तुको आपुर्ति सहज पारिने जनाएको छ ।
आगामी एक साता दैनिक उपभोग्य सामान अभाव हुन नदिने गरी व्यवस्था मिलाइएकाे जिल्ला प्रशासन काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीले जानकारी दिए ।
प्रमुख पराजुलीले अत्यावश्यक सामानको अभाव हुन नदिने गरी व्यवस्था मिलाइएकाले ढुक्क भएर घरभित्रै बसी निषेधाज्ञाको पालना गरी कोरोना नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरे ।